प्रधानमन्त्री मोदीले लालकिल्लामा के भने ?…(भिडियोमा)

387
  •  
  •  
  •  

काठमाडौ, ३० साउन(एजेन्सी) : आज भारतको ६८ औ स्वतन्त्रता दिवस, यस अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत कुनै राजनेताले नभई भारतका किसानले बनाएको बताएका छन् ।

लालकिल्लामा आयोजित विशिष्ट समारोहमा बोल्दै प्रधानमन्त्री मोदीले करिब १ घण्टा ५ मिनेट बोल्दै भारतका हरेक गरिब जनताको बैक खाता खोल्ने र युवाहरूलाई दक्ष बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

उनले भाषणका क्रममा देशवासी तथा विश्वका हरेक कुनामा रहेका भारतीयलाई शुभकामना व्यक्त गरेका छन् । उनले भाषणका क्रममा भने, ‘देश राजनेता, शासकले बनाएका होइनन्, सरकारले पनि बनाएको होइन । देशलाई किसान, मजदुरले बनाएका हुन् । भारतका आमा-दिदीबहिनी, शिक्षक, समाजसेवकले देश बनाएका हुन्, तबमात्र देश यहाँ आइपुगेको हो । देशको लागी जीवनभर साधना गर्ने सबै मानिस अभिनन्दन गर्न लायक छन् ।’ उनले भाषणका क्रममा विभिन्न महत्वपूर्ण प्रतिबद्धता व्यक्त गरेका छन् ।

उनले आगामी अक्टुबर २ देखी देशभर सरसफाई अभियान सुरूवात गर्ने, एक वर्षभित्र देशका सबै विद्यालयमा ट्वाइलेट निर्माण गर्ने, धनयोजना अनुसार सबै गरिबको बैक खाता खोल्ने र उनीहरूलाई डेविड कार्ड दिने, एक लाख रूपैयाँको बिमा गरिदिने, भारतलाई म्यानुफ्याक्चरिङ्ग सेक्टरको हब बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

हेरौ भिडियोमा के-के भने भारतीय प्रधानमन्त्री मोदीले…


  •  
  •  
  •