पञ्चेश्वर कार्यान्वयन एक बर्षमै : मोदी

329
  •  
  •  
  •  

काठमाडौं, १८ साउन (ओएनएस) : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले महाकाली सन्धी अन्तरगत पञ्चेश्वर आयोजना निर्माणको कामलाइ तीब्रता दिने बताएका छन् ।

नेपालको संसदलाइ संवोधन गर्दै प्रधानमन्त्री मोदीले एक बर्ष भीत्र पञ्चेश्वरको काम अगाडी बढ्ने बताएका हुन । ‘पञ्चेश्वर बन्र्यो भने नेपालमा अहिलेको भन्दा पाँचौ गुना धेरै बिद्युत हुनेछ, यो चानचुने कुरा होइन, उनले भने ।’ उनले नेपालको जलस्रोतको प्रचुर संभावना रहेको भन्दै त्यसको सदुपयोग मार्फत आर्थिक विकास हुने बताए । ‘पानी र जवानी’ पहाड जस्तो नभएको उल्लेखगर्दै यसलाइ सदुपयोग गर्नुपर्ने बताए ।

मोदीले आगामी दश बर्षमा नेपालको बिद्युतले भारतको अध्यारो हटने बताए । नेपाल भारतबीच महाकाली सम्झौताको झण्डै १७ बर्षपछि भारतीय पक्षवाट पञ्चेश्वर कार्यान्वयनमा सकारात्मक प्रतिक्रिर्या आएको हो ।


  •  
  •  
  •