मोदीको भ्रमण अवधिभर यी ठाउँमा सवारी साधन चलाउन नपाइने

188
  •  
  •  
  •  

काठमाडैं १८ साउन (ओएनएस) : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुई दिने नेपाल भ्रमणका क्रममा सुरक्षा व्इवस्था कडा पारिएको छ । त्यसक्रममा सवारी आवागमनदेखि मान्छे हिडडुल गर्न समेत कडा कडाई गरिनेछ । आज र भोलि दुईदिन काठमाडौ.का वासिन्दाले केही सास्ती बेहोर्नेछन् । आज र भोलि काठमडौंका केही ठाउँमा सवारी चलाउन रोक लगाइएको छ। महानगरिय ट्राफिक प्रहरी महाशाखाका अनुसार ती ठाउँमा बिहान ९ बजेपछि नै सवारी चलाउन रोक लगाइनेछ । भारतीय प्रधानमन्त्री र भ्रमण दलका सदस्यहरु हरूको सुरक्षालाई मध्यनजर गर्दै सवारी मार्ग प्रयोग नगरी बैकल्पीक मार्गहरु प्रयोग गर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ।

१८ गते आइतार

१) बिहान १० बजे देखि १२ बजेसम्म सिनामंगल, गौशाला, चाबहिल भएर बौद्धतर्फ चल्ने सवारी साधनहरुले उक्त मार्ग प्रयोग गर्न नपाइने।
२) दिउँसो सवा १ बजेदेखि पौने तीन बजेसम्म होटल हयातबाट चाबहील गौशाला, सिनामंगल, तीनकुने, नयाँबानेश्वर, माईतीघर भएर चल्ने सवारी साधनहरु चलाउन नपाइने।
३) दिउँसो साँढे ३ बजे देखि साँढे ४ बजेसम्म सिंहदरबार, माईतीघर, भएर तीनकुने तर्फ जाने सवारी साधनहरु चलाउन नपाइने।
४) अपरान्ह साढे चार बजेदेखि साँझ साढे पाँच बजेसम्म नयाँ बानेश्वर, तीनकुने, सिनामंगल, गौशाला, चावहील, भएर बौद्ध तर्फ जाने सवारी साधनहरु चलाउन नपाइने।

 सोमबार
१) बिहान ९ बजेदेखि साँढे १० बजेसम्म बौद्ध, चुच्चेपाटी, चावहील, गौशाला, सिनामंगल भएर चल्ने सवारी साधनहरु चलाउन नपाइने।
२) बिहान पौने ११ बजेदेखि साँढे ११ बजेसम्म र साँढे १२ बजेदेखि साँढे १ बजेसम्म लाजिम्पाट, पानीपोखरी, बालुवाटार, नारायणगोपालचोक, धुम्बाराही, सुकेधारा, चावहील, बौद्ध भएर चल्ने सवारी साधनहरु चल्न नपाइने।
३) अपरान्ह् ४ बजेदेखि साँझ ५ बजेसम्म बौद्ध, चावहील, गौशाला, सिनामंगल, तीलगंगा, तिनकुने भएर चल्ने सवारी साधनहरु चलाउन नपाइने।
साथै महानगरिय ट्राफिक प्रहरी महाशाखाले उक्त माथि उल्लेखित रूट भएर चल्ने सवारी साधनलाई बैकल्पिक मार्ग प्रयोग गर्न भनेको छ।


  •  
  •  
  •