पशुपतिनाथको दर्शन गर्न पाउनु मेरो सौभाग्यः मोदी

405
  •  
  •  
  •  

काठमाडौ, १७ साउन(ओएनएस): भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पशुपतिनाथको दर्शन गर्न पाउनु आफ्नो सौभाग्य भएको बताएका छन् । सामाजिक सञ्जाल ट्वीटरमा सन्देश लेख्दै मोदीले आफ्नो भ्रमणको महत्व सोमबारको दिन पशुपतिनाथको दर्शन गर्नु पनि रहेको बताएका हुन् ।

N Modiआइतबार नेपाल भ्रमण आउन लागेका मोदीले सोमबार पशुपतिमा विशेष पुजा गर्ने कार्यक्रम छ । हिन्दु धर्मप्रति आस्थावान मोदीले साउनको सोमबार पशुपतिनाथको भ्रमण गर्न पाउनु सौभाग्य भएको बताएका छन् ।

मोदी भ्रमण : पशुपतिको यात्रा सिद्राको व्यापार ?


  •  
  •  
  •