सार्कले सम्बन्ध सुधार्दै भारत पाकिस्तानको

178
  •  
  •  
  •  

काठमाडौं ९ मंसिर (ओएनएस) : काठमाडौंमा भोलि र पर्सी हुने सार्क शिखर सम्मेलनको अवसर पारेर पाकिस्तान र भारतबीच साइडलाइन वार्ता हुने भएको छ । भारत र पाकिस्तानका प्रधानमन्त्रीबीच सम्भव आए आजै साँझ नभए धुलीखेलमा भेटवार्ता हुने भएको छ । दुईदेशका सरकार प्रमुखबीचको भेटवार्ता अघि विदेशमन्त्री तहमा छलफल हुने उच्चस्रोतले बताएको छ ।
दुइवै देशले त्यसको आधिकारीक पुष्टि भने गरेका छैनन । सार्क शिखर सम्मेलनको आयोजन राष्ट्र नेपालले भेटवार्ताका लागि मध्यस्थता गरिरहेको छ । परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डेले नेपालले मध्यस्थता गरिरहेको बताइसकेका छन् ।
पाण्डेका अनुसार सार्क शिखर सम्मेलन अघि नै भेटवार्ता गराउने तयारी भइरहेको र त्यो सम्भव नभए धुलीखेलमा रिट्रिका अवसरमा भेटवार्ता हुनेछ । यसअघि मोदीले प्रधानमन्त्रीको शपथग्रहण गर्दा सार्क मुलुकका कार्यकारी प्रमुखहरूलाई दिल्ली निम्त्याएका थिए । त्यसको भोलिपल्ट सबै मुलुकसँग द्विपक्षीय वार्ता गरेका थिए । वार्ता सोल्टीमा गराउने तयारी भइरहेको छ ।
मोदी प्रधानमन्त्री भएपछि दुई मुलुकबीच प्रधानमन्त्री तहको यो पहिलो भेटघाट हुनेछ ।


  •  
  •  
  •