नेपालको ‘हितैषी’को छबी बनाएर फर्किए मोदी

189
  •  
  •  
  •  

काठमाडौं, १९ साउन (ओएनएस) : ३० घण्टाको व्यस्त कार्यसूची सहित नेपाल बसाइ सकेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सोमबार साझ स्वदेश फर्केका छन् । आईतबार बिहान काठमाडौ ओर्लेका मोदी सोमबार साझ स्वदेश फर्केका हुन् ।

प्रधानमन्त्री सुशील कोइरालाले मोदीलाइ त्रिभुवन अन्तराष्टिय बिमानस्थलमा बिदाइ गरेका छन् । आगामी कात्तिक तेस्रो साता हुने सार्क सम्मेलनमा सहभागि हुन मोदी नेपाल आउने छन् ।

भारतीइ बिदेश मन्त्रालयका प्रवक्ता सायद अकरबुद्दिनले प्रधानमन्त्री मोदीको नेपाल भ्रमण अत्यन्त सफल भएको बताएका छन् । १७ बर्षपछि नेपालको औपचारिक भ्रमण गरेका मोदीले नेपालमा पर्याप्त स्वागत पाएका छन् ।

यसकारण जिते नेपालीको मन

सायद कसैले सोचेको थिएन होला मोदीले संसदमा नेपालीमा संवोधन गर्ने छन, तर मोदीले लिखित रुपमा नेपाली बोले । मोदीले संसदमा गरेको नेपाली संवोधन नै मोदीप्रति सकारात्मक दृष्टिकोण बनाउने पहिलो आधार थियो ।

संवोधनका क्रममा मोदीले नेपाल भारत सम्बन्धलाइ ‘हिमाल र गंगा’ जस्तै भने । सबैभन्दा महत्वपूर्ण कुरा मोदीले गौतम बुद्ध नेपालमा जन्मिएका भनेर कतिपय भारतीय लेखकका अफवाहलाइ खारेज गरिदिए । नेपालको संसदमा मोदीले गरेको संवोधनले ‘बुद्ध वाज बर्न इन नेपाल’का नाममा हुने गरेका अभियानलाई एकै बाक्यमा पूरा गरिदिएको छ ।

त्यो भन्दा ठूलो सेन्टिमेन्ट सडकमा देखिएका नेपालीलाइ हात मिलाउनु भयो । अति बिशिष्ट सुरक्षाका बीच मोदी सडकमा ओर्लेर सर्बसाधारणको मन जित्ने काम गरे । नेपाल सार्बभौमसत्ता सम्पन्न मुलुक भएको र नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने भनाइले पनि मोदीले नेपालीको मन जितेका छन् ।

पूरा होलान आश्वासन ?

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको संसदलाइ संवोधन गर्ने क्रममा नेपालले व्याहोरि रहेको लोडसेडिङ हटाउन मद्दत गर्ने बताएका छन् । पञ्चेश्वर कार्यान्वयन गर्ने मोदीको आर्को प्रतिबद्धता छ, जसको कार्यान्वयन सन्देश पूर्ण छ ।

किनभने गणतन्त्र स्थापना पछिका प्रधानमन्त्रीको भारत भ्रमणमा क्रममा हुने हरेक सम्झौतामा पञ्चेश्वर कार्यान्वयको कुरा उल्लेख छ । तर यसपटक मोदीले एक बर्षभीत्र पञ्चेश्वर कार्यान्वयको प्रतिबद्धता जनाएका छन् ।

पञ्चेश्वर कार्यान्वयको ठूलो कुरा मात्र गरेका छैनन, मोदीले भारतवाट नेपालमा हुने टेलीफोन महसुल घटाउने संकेत गरेका छन् । यस्तै साना कुराले सर्बसाधारण नेपालीको मन जित्ने छ ।

समृद्धिका लागि मोदी मन्त्र

प्रधानमन्त्री मोदीले नेपालको समृद्धिका लागि केही सुत्र दिएका गएका छन । ‘पानी र जवानी’ पहाडमा थेग्न नसकिने भन्दै उनले उर्जाको व्यापार गर्न नेपाललाइ सुझाएका छन् । दोस्रो कुरा मोदीले नेपालमा हर्वल उद्योगको संभावना औलाएका छन ।

र, भारतीय पर्यटक नेपाल भित्राउने फर्मुला दिएका छन् । ‘हाइवे, आइवे र ट्रान्सवे’ अर्थात राजमार्ग, सूचना प्रबिधिको मार्ग र ट्रान्समिसन लाइन निर्माण नेपालको विकासको मुख्य प्राथमिकता भएको उनले बताएका छन् । यी यस्तै कारणले मोदीले नेपाली माझ हितैषीको छवी बनाएका छन् ।

किन भएन पिटिए ?
मोदीको भ्रमणको क्रममा बहुचर्चीत उर्जा व्यापार सम्झौता (पिटिए) गर्ने तयारी भएपनि तयारी अभाव जनाउदै सम्झौता भएन् । स्रोतका अनुसार नेपालका प्रधानमन्त्री सुशील कोइरालाको औपचारिक भारत भ्रमणका क्रममा त्यस्तो सम्झौता हुनेछ ।


  •  
  •  
  •