मोदीका उपत्यका बाहिरका सबै कार्यक्रम रद्द

145
  •  
  •  
  •  

काठमाडौं १७ मंसिर (ओएनएस) : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको काठमाडौ बाहिरका कार्यक्रम फेरि रद्द भएको छ । अन्यौलता र विवादकाबीच भारतले आज उपत्यका बाहिरका सबै कार्यक्रम रद्द भएको जानकारी दिएको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता सैयद अकबरुद्धिनले ट्विटमार्फत् प्रधानमन्त्री नरेन्द्र मोदीले सार्क सम्मेलनका दौरान काठमाडौंको मात्र भ्रमण गर्ने जनाएका छन्। उनले घरेलु कारण देखाउँदै मोदी काठमाडौंको मात्र यात्रा गर्ने बताएका छन्।आज कार्यतालिका तयार गर्ने बैठक बस्नुअघि नै भारतीय विदेश मन्त्रालयबाट त्यस्तो जानकारी आएको छ । अब प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौं बाहिर नजाने पक्का भएको छ ।

B3GNzlnCMAAqqL9जनकपुर र लुम्बिनीमा गरेका सबै तयारी ब्यर्थ भएका छन् । बिहीबार जनकपुरको भ्रमण रद्द भएको सूचना पछि शुक्रबार विवादकाबीच फेरि जाने सूचना आएको थियो । मोदीको सम्वोधनका लागि जनपुरको बाह्र विगाहमा मञ्च बनाउने तयारी अन्तिम चरणमा पुगिसकेको थियो । भारतीय प्रधानमन्त्री मोदी सार्क शिखर सम्मेलनमा सहभागी हुन जनकपुर हुँदै काठमाडौं आउने कार्यक्रम रहेको थियो।

उनको लुम्बिनी र मुस्ताङ जाने कार्यक्रम समेत तय भएको थियो भने सरकारले त्यही अनुसारको तयारी गरेको थियो। जनकपुर र लुम्बिनीमा उनलाई नागरिक अभिनन्दन गर्ने र उनले सम्बोधन गर्ने कार्यक्रम थियो। तर, बिहीबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री महेन्द्र निधीले मोदीको जनकपुर भ्रमण रद्द भएको जनाउँदै विज्ञप्ति जारी गरेपछि मोदीको भ्रमण अन्योलमा परेको थियो।

जानकारी आएको छैन 

तर परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले भने आधिकारीक जानकारी अझै आइनसकेको बताएका छन् । ओएनएसन्यूजसँगको छोटो कुराकानीमा उनले भ्रमण तय भएको वा स्थगन भएको कुनै सूचना नआएको बताए । ‘हामी भारतीय पक्षसँग निरन्तर सम्पर्कमा छौं। प्रधानमन्त्री नयाँदिल्ली बाहिर रहनु भएकोले जनकपुर जाने वा नजाने भन्ने निर्णय पाउन सकेका छैनौं’ ‘परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले भने, यदी स्थगन भएको भए सूचना आइपुग्ला अनि जानकारी गराउला’


  •  
  •  
  •