काठमाडौं ३० चैत (ओएनएस) : प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेदिफोनवार्ता भएको छ । भारतको केरला राज्यको पुत्तिङल मन्दिरमा आगलागी भई ठूलो संख्यामा जनधनको क्षति भएकोमा प्रधानमन्त्री केपी ओलीले दुख व्यक्त गरेकबा छन् । प्रधानमन्त्रीले आज भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई टेलिफोन गरि केरला घटनाप्रति आफु र नेपाल सरकारका तर्फबाट दुख व्यक्त गरे ।
प्रधानमन्त्रीले घटनाबाट नेपाल सरकार मर्माहत भएको भारतका प्रधानमन्त्रीलाई बताए । प्रधानमन्त्रीले घटनामा परी दिवंगत भएका भारतीय नागरिकहरुप्रति श्रध्दाज्ली गरे । साथै साथै शोक सन्तप्त परिवारजन र आफन्तजनहरुप्रति भारतका प्रधानमन्त्रीमार्फत सम्वेदना व्इक्त गरे ।
प्रधानमन्त्रीले खोटाङमा आज यात्रुबाहक बस दुर्घटनामा परी मृत्यु भएकाहरुप्रति पनि दुख व्यक्त गरेका छन् । उनले दुर्घटनामा परेकाहरुको चाँडो भन्दा चाँडो उद्धार गर्न र घाइतेहरुको उपचार गर्न स्थानीय प्रशासनलाई निर्देशन पनि दिए ।