माेदीले साेधे-‘कृत्रिम मूल्य वृद्धिको अनुगमनमा सरकार किन मौन छ’

112
  •  
  •  
  •  

काठमाडौँ, ३१ जेठ (ओएनएस) : बजारमा कृत्रिम मूल्य वृद्धि हुँदा सरकार किन मौन बसेको भनी सत्ता पक्षकै सांसदहरुले प्रश्न उठाएका छन्।

सत्तापक्ष नेकपाका सांसद अमनलाल माेदीले प्रतिनिधिसभाको विहीकारकाे बैठकमा अागामी अार्थिक वर्षकाे लागि प्रस्तुत बजेटपछि भएको मुल्य वृद्धिका बारेमा अनुगमन नगरी सरकार कीन माैन बसेकाे भनी प्रश्न उठाएका हुन्। सांसद माेदीकाे याे प्रश्नमा सत्तापक्षकै सांसद खगराज अधिकारी लगायतले समर्थन गरेका छन्।

सत्तापक्षका सांसद मोदीले दैनिक उपभोग्य मूल्यका चरम अभाव र मूल्य वृद्धि भइरहँदा सरकार कहाँ के गरिरहेको छ ? भन्दै पुन: सरकारलार्इ सभामुख मार्फत सांसद माेदीले तेर्साए प्रश्न।

मूल्य वृद्धि भएको बारे संसदलाई जानकारी गराउन पनि उनले माग गरे। मन्त्रालयगत छलफल अन्तर्गत आज संस्कृति तथा पर्यटन, युवा तथा खेलकुद र अर्थ मन्त्रालयको विनियोजनमाथि छलफल सुरु भएको छ। हिजोदेखि सुरु भएको छलफल केही दिन चल्नेछ।


  •  
  •  
  •