काठमाडौं १८ साउन (ओएनएस) : १७ बर्षपछि उच्चस्तरको भ्रमण तय गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्रदामोदर मोदी आज नेपाल भ्रमणमा आउँदैछन् । उनी बिहान १० बजेर ५० मिनेटका काठमाडौं विमानस्थलमा आइपुग्नेछन् ।
नेपालको दुई दिने औपचारिका भ्रमणका लागि विहान भारतीय सेनाको विशेष विमानमा काठमाडौं आइपुग्दैछन् । सरकारले उनको भ्रमणलाई उच्च महत्व दिदै सुरक्षाको विशेष ब्यवस्था र सम्मानको ब्यापक तयारी पुरा गरेको छ । उउनको स्वागतमा प्रधानमन्त्री सुशील कोइराला नै विमानस्तलको अति विशिष्ट कक्ष अगाडी पुग्नेछन् ।
उनको सुरक्षाका लागि अत्याधुनिक सुरक्षा प्रविधिजडित गाडी तीन दिनअघि नै नयाँ दिल्लीबाट काठमाडौं ल्याइएको थियो । उनको भ्रमणलाई राजकीय बनाउन सम्मानमा १९ तोपको सलामी दिने कार्यक्रम रहेको छ । उनी बस्ने होटल देखि सवारीको क्रममा प्रयोग हुने सडक, सिंहदरबार, राष्ट्रपति भवन सबै सिंगारिनुका साथै सुरक्षा ब्यवस्था पनि कडा पारिएको छ । आज सडक ट्रफिकलाई ख्यालगरेर सरकारले कम सवारी साधन प्रयोग गर्न समेत सबै पक्षलाई अनौपचारिक रुपमा आग्रह गरिसकेको छ ।