मोदी भ्रमणमा निडर भएर तीनवटा कुरा नेपालले गर्नै पर्छ : हिरण्यलाल श्रेष्ठ

425
  •  
  •  
  •  

भारतका प्रधानमन्त्री १७ वर्षपछि द्विपक्षीय औपचारिक भ्रमणमा आइतबार नेपाल आउँदैछन् । उनको भ्रमण यति बेला सबै हिसावले चर्चामा छ । एसियाको उदाउदो शक्ति भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमण चीनसँगै अमेरिकाका लागि पनि चासोको विषय बनेको छ । चौतर्फी चासोकाबीच नेपालले आफ्नो कूटनीतिक कौशल क्षमता कसरी प्रस्तुत गर्न सक्ला ? भारतका लागि पूर्व नेपाली राजदुत तथा परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठसँग गरिएको कुराकानीको सार स्रक्षेप

hiranya_lal

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमण कस्तो रहँला ?
नेपाल सरकारको तयारी, भारतीय चासो सबै हिसावले हेर्दा भ्रमण फलदायी उच्चस्तरको आत्मीयता र सम्बन्ध प्रगाढ गर्ने खालको हुनेछ भन्ने मैले विश्वास लिएको छु ।

नेपालले मोदीको लिन सक्ने फाइदाका हिसावले कस्तो रहन्छ होला ?

लामो समयपछि १७ बर्षप्छि नेपालमा भारतीइ प्रधानमन्त्री आउँदै हुनुहुन्छ । नेपालका लागि आफैमा यो ठूलो उपलब्धि हो । एएटा बलियो छिमेकी राष्ट्रले सद्भाव सहित हाम्रो देशको भ्रमण गर्नुलाई उपलब्धि मान्नुपर्छ । नेपालले मोदी भ्रमणका क्रममा पहिलो कुरा नेपाल भारतबीच लामो समयदेखि देखिएको राजनीतिक तहको अविश्वास अन्त्य गर्न सक्नुपर्छ । विकासमा नयाँ सम्झदारीसँगै हातेमालो गर्नुपर्छ । पञ्चशीलका आधारमा सहमति गरेर हरेक क्षेत्रमा भारतबाट फाइदा लिने मौका रुपमा उपयोग गर्नुपर्छ ।

तर हरेकपटक यस्ता भ्रमण हुँदा विवाद हुन्छ । यसपटक पनि नेपाल र भारतबीच हुने सम्झौताका विषयमा विवाद सुरु भइसक्यो नी त कसरी फाइदा लिन सक्ला ?

तपाईले भनेको साचो हो हरेक बर्ष पटक नेपालका प्रधानमन्त्री भारत जाँदा होस या भारतको कुनै उच्चस्तरको प्रतिनीधि मंडल नेपाल आउँदा विवाद हुन्छ । नेपाल र भारत घनिष्ट छिमेकी मित्र देश हुन् । छिमेकीको सम्बन्ध सधैं तलमाथि त भइरहन्छ । तर, यसमा निश्चित कारण भने अवश्य छन् । सबैभन्दा ठूलो कुरामा हामीसँग समस्या छन् । तर, समस्या समाधान गर्न चाहेका छैनौं । जति बाहिरी चर्चा र हल्ला गरिएको छ भित्र फरक छ फरक हुन्छ । कतिपय सामान्य समस्यालाई पनि ठूलो बनाएका छौं । हामीले हाम्रो स्वार्थ अनुसार भारतले उसको स्वार्थ अनुसारका प्रस्तावहरू आदानप्रदान हुन्छन् र सम्झौता गर्नुपर्छ । तर, नेपालमा त्यो हुन सकेको छैन । भारतका अगाडि झुकिहाल्ने प्रवृत्ति हामीसंग छ । त्यसले गर्दा अहिले जलविद्युत सम्बन्धी गर्ने भनिएको सम्झौता पनि अहिले विवाद भइरहेको छ ।

भारतको सम्बन्ध र सम्झौतामा नेपालमा हुने विवाद बारे उसले के ठान्छ होला ?

भारत त छक्क पर्छ । हामीले धेरै पटक देखेका र भागेका छौ । बाहिर एउटा कुरा गर्ने भित्री अर्कै कुरा गर्ने नेपालका नेताहरु कस्ता हुन भनेर उनीहरु सोध्ने गर्छन । भारतले उसको स्वार्थ अनुसार नेपालसमक्ष प्रस्ताव राख्नु स्वभाविक हो । तर हामीले खै त हाम्रो स्वार्थ अनुसारको प्रस्ताव प्रस्तुत गरेको ?

भारतमा नयाँ सरकारसँगै नयाँ सहकार्य र समझदारी होला त ?

त्यो पनि धेरै कुरा मलाई लाग्ट हामीमा नै भर पर्छ । अहिले भारतमा नयाँ र बलियो सरकार आएको छ । नेपालमा पनि संविधानसभापछि नयाँ सरकार छ । यी दुई नयाँ संरकारले सम्बन्धलाई नयाँ रुपमा विकास गरेर सुधार गर्नुपर्छ भन्ने बाटोमा नेपालका राजनीतिक दल मुख्य गरि सरकारको नेतृत्वमा रहेका दलहरु लाग्नुपर्छ । लाग्नु सबैभन्दा राम्रो हुन्छ । किनभने दुईटै देशमा नयाँ र बलियो सरकार छन् ।नेपालका लागि सम्बन्धलाई सुधार गर्ने राम्रो अवसर पनि छ । मैले अघिपनि भने पञ्चशीलको सिद्धान्त आउनुभन्दा अगाडि नै नेपालमा सन् १९५० को सन्धि भएको छ भारतसंग । यो सन्धिलाई पुनरावलोकन गरी दुवै देशले सम्बन्धलाई नयाँ चरणमा लैजानु आवश्यक छ । ५० को दशकपछि जति पनि सन्धि र सम्झौता भएका छन् ती सबै त्यही सन्धि मातहत भएका छन् । अब त्यसलाई विस्थापन गर्ने कि पुनरावलोकन गर्ने अब दुई देशले उच्चतहको छलफल सुरु गर्नुपर्छ ।

१९५०को सन्धि पुनरावलोकनको कुरा पटक पटक उठ्दै आएको छ ? यसपटक पनि झुक्याइने हो की ?

झुक्याउने भन्दा पनि झुक्कीने कि नझुक्कीने त्यो पनि हाम्रै कुरा हो । मेरो विचारमा भारतीय विदेशमन्त्री सुष्मा स्वराज आएपछि केही मुद्दामा गहिरो छलफल भएको छ । पुराना सन्धि सम्झौता पुनरावलोकन गर्ने भन्ने जुन कुरा उठ्यो अब लगत्तै भारतीय प्रधानमन्त्री आउने भएकाले यसले यसअघिका भन्दा केही मूर्तरुप पाउन सक्ला भन्ने मलाई विश्वास छ । तर तत्काल छलफलका एजेण्डा सार्वजनिक गरेर राजनीतिक र कुटनीतिक वृतमा देखिएका आशंका हटाउनुपर्छ ।

मोदीको नेपाल भ्रमणलाई चीनले कसरी हेर्ला ?
यतिखेल मूल्त नेपाल बारे भारत र चीन एक ठाउँमा आएका हुन की जस्तो देखिएको छ । छिल्लो समय जापानसंग चीनको सम्बन्ध विग्रिएपछि भारतसँग नजिक भएको देखिएको छ । मैले बुझेसम्म चीन एउटा मोर्चासंग भएको विवाद किनारा नलाग्दै अर्को मोर्चा खोल्न चाहँदैन । भारतसंग उसको सम्बन्ध त्यसकारण पनि सकरात्मक बन्दै गएको छ । संयुक्त राष्ट्रसंघमा भएका पछिल्ला निर्णयहरूमध्ये ८० प्रतिशत निर्णयहरूमा भारत र चीन एक ठाउँमा उभिएको देखिन्छ । यी कुरालाई हेर्दा चीनले मोदीको भ्रमणका क्रममा हुने सहमति, सम्झौतालाई ठूलो अन्यथा रुपमा हेर्ने छैन । स्वभाविक रुपमा छिमेकी भएको नाताले केही चासो अबश्य हुनसक्छ । भारतको चीनको चासो जे भएपनि नेपालको राजनीतिमा भारत या चीनको प्रभाव विस्तार हुन दिनुहुदैन ।

त्यसो भए भारतसँग् नेपालले नराखि नहुने विषय र प्रस्ताव के हुन ?

अहिले विद्युत व्यापार सम्झौताको कुरा आएकोृ छ यसलाई राष्ट्रको हितमा हुनेगरि गर्नुपर्छ त्यो नियमित प्रक्रिया अन्र्तगत नै आएको विषय हो । मेरो विचार तीनवटा विषयमा मुख्य ध्यान दिनुपर्छ सन् १९५० को सन्धि पुनरावलोकन गरि चीनबाट लुम्बिनी रेल र पशुपतिबाट बनारस रेलमार्गजस्ता ठूला आयोजनाको परिकल्पना गरेर प्रस्ताव राख्न्ुपर्छ । भ्रमणलाई सांस्कृतिक हिसाबले मात्रै नबुझि नेपालले निडर भएर आफ्ना एजेन्डा राख्नुपर्छ । बंगलादेशलाई पनि विद्युत् दिएर त्यहाँबाट पाइपलाइनमा नेपालमा ग्यास ल्याउन भारतलाई सहमत गराउन सक्नुपर्छ । नेपालको जलस्रोत विकासका लागि भारतले मात्रै होइन चीन, ब्राजिल, क्यानडा, जापान र नर्वेले लगानी गर्न सक्ने व्यवस्था हुनुपर्छ यो कुरा नेपालले बुझाउन सक्नुपर्छ । नेपाल भारतबीच दुईदेशको सम्बन्ध समिति नराखि मोदीको नीतिको नै उपयोग गरि सार्क क्षेत्रभरी नै सम्बन्ध विस्तार गर्न नेपालले अग्रसरता देखाउन सक्नुपर्छ ।


  •  
  •  
  •