मोदी नआउँदै आइपुग्यो बुलेटप्रुफ गाडी

154
  •  
  •  
  •  

काठमाडौं १६ साउन (ओएनएस) : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आइतवार हुने नोपल भ्रमणका लागि सुरक्षाको अन्तिम तयारी भएको छ । उनको सुरक्षाका लागि बिहिकार तीनवटा बुलेटप्रुप गाडीसहित करिव ३० जना भारतीय अधिकारी काठमाडौं आइपुगेका छन् । विशेष विमानमार्फत बिहिबार बिहान बुलेटप्रुफ गाडी काठमााडौं ल्याइएको हो । ती गाडीमा वरिपरि मोवाइल नेटवर्कसमेत नलाग्ने जामर प्रविधिसमेत जडान रहेको स्रोतको भनाई छ । वमसमेत प्रतिरोध गर्ने ती गाडी लैनचौरस्थित भारतीय दुतावासमा राखिएको छ । सादा पोशाकमा खटिने केही सुरक्षा अधिकारीसमेत काठमाडौं आइपुगेको सुरक्षा स्रोतले जानकारी दिएको छ ।

नेपाल सरकारले पनि उच्च किसिमको सुरक्षा प्रबन्ध मिलाएको छ । गृह मन्त्रालयको शान्ति सुरक्षा महाशाखाका प्रमुख सहसचिव लक्ष्मीप्रसाद ढकालको संयोजकत्वमा सरकारले मोदीको सुरुक्षाका लागि एक टोली गठन गरिसकेको छ । जसमा नेपाल प्रहरीका डिआइजी केदार साउद,नेपाली सेनासहित नेपाल प्रहरी ,सशस्त्र प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभागका अधिकारी छन् । सो समितिले बुधबार बैठक बसी सुरक्षा प्रबन्धबारे छलफल गरेको थियो । मोदीको सुरक्षाको लागि उच्च तहको सृुरक्षा प्रबन्ध मिलाईएको गृहका प्रबक्तापसमेत रहेका सहसचिव ढकालले बताए । मोदीको सुरक्षामा भारतीय सुरक्षा अधिकारीसमेत आउने हल्लाको उनले खण्डन गरे । नयाँपत्रिकाबाट


  •  
  •  
  •