‘दशर्कौंदेखि रोकिएका काम सय दिनमै’

113
  •  
  •  
  •  

काठमाडौं १० मंसिर ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल–भारतबीच बढ्दो विश्वासका कारण दशकौंदेखि हुन नसकेका विकास आयोजनाका काम सय दिनमै पूरा भएको बताएका छन्। ‘नेपाल–भारतबीच विश्वासको फोर्सपावरवाला इन्जिन चलेको छ,’ राष्ट्रिय ट्रमा सेन्टर हस्तान्तरण एवं उद्घाटन कार्यक्रमलाई मंगलबार सम्बोधन गर्दै मोदीले भने, ‘यही इन्जिनका कारण थुप्रै काम तेज गति अघि बढेका छन्। २५–३० वर्षदेखि रोकिएका काम सय दिनमै पूरा भएका छन्।’

सार्क शिखर सम्मेलनमा भाग लिन मंगलबार नेपाल आएकै दिन १७ वर्षदेखि थाती राष्ट्रिय ट्रमा सेन्टर हस्तान्तरण गरेका मोदीले साउन दोस्रो साता नेपाल भ्रमणमा आउँदा आफूले गरेका प्रतिबद्धता र भएका सहमतिका उपलब्धिको फेहरिस्त प्रस्तुत गरेका थिए।

Modi
जलविद्युत क्षेत्रमा रोकिएका थुप्रै काम यही अवधिमा अघि बढेको जानकारी दिँदै उनले भने, ‘हाइड्रोपावरको काम कैयौं वर्षदेखि रोकिएका थिए, यसमा आशंकाको बादल छाइरहेको थियो। यहाँका राजनीतिक दलले जुन प्रकारको दुरदृष्टि देखाए, त्यसैको परिणामस्वरुप ऊर्जा व्यापार सम्झौता भयो। यही अवधिमा ९०० मेगावाटको माथिल्लो कर्णाली, पञ्चेश्वर विकास प्राधिकरण र ९०० मेगावाटको अरुण–३ आयोजनाको काम अघि बढ्यो।’
‘दस वर्षमा यीमध्ये कुनै एउटा मात्र काम भएको भए कति आनन्दको कुरा हुन्थ्यो, अहिले सय दिनमै यति धेरै काम अघि बढ्यो,’ उनले भने, ‘दुई देश मिल्यो भने के हुन सक्दैन भन्ने सन्देश यसले दिएको छ।’
सय दिनमै प्राप्त यी उपलब्धिका लागि उनले नेपालका प्रधानमन्त्री, सरकार र प्रशासनलाई धन्यवाद दिए। ‘म भारतका तर्फबाट सबैलाई अभिनन्दन गर्छु,’ उनले भने, ‘नेपाल खुसी नभई हिन्दुस्तान मुस्काराउँदैन। यो सय दिनमा हामीले सन्तोषको अवसर पाएका छौं।’

विद्युत प्रसारण लाइनसम्बन्धी सम्झौता गर्दा नेपाललाई बढी बिजुली प्राप्त होस् भन्ने चाहना राखेको बताउँदै उनले त्यसै आधारमा प्रसारण लाइन मजबुत बनाउन छिट्टै काम सुरु हुने विश्वास व्यक्त गरे। प्रसारण लाइनको क्षमता अभिवृद्धि गरेपछि १ सय २५ मेगावाट बिजुली थपिने र सँगसँगै थप हजार मेगावाट क्षमताको नयाँ लाइन तयार भइरहेको उनले बताए। ‘यसले नेपाल जगमगाउनेछ,’ उनले भने।

उनले अघिल्लो भ्रमण क्रममा बाचा गरेको सहुलियतपूर्ण व्याजदरको १० हजार करोड नेपाली रुपैयाँ ऋणबारे मंगलबारै सम्झौता हुने जानकारी दिए। काठमाडौं–दिल्ली सिधा बस सेवा सञ्चालनले सर्वसाधारणलाई आर्थिक सुविधा दिनुका साथै दुई देशबीच पर्यटन विस्तारमा सहयोग पुग्ने विश्वास व्यक्त गरे।

उक्त बससेवाले अन्तर्राष्ट्रिय पर्यटकसमेत आकर्षित गर्न सक्ने बताउँदै यसका लागि बसभित्रै वाइफाइ सुविधा दिनुपर्नेमा उनको जोड थियो। ‘वाइफाइ सुविधा भए पर्यटकहरू दुनियाँसँग सम्पर्क कायम राख्दै यात्रा गर्न सक्नेछन्,’ उनले भने।

मोदीले आघिल्लो भ्रमण क्रममा गरेको घोषणाअनुरुप नेपाल–भारतबीच टेलिफोन खर्च घटाएको पनि बताए। ‘मैले भनेको थिएँ, अमेरिकाभन्दा भारतमा फोन गर्न महँगो छ,’ उनले भने, ‘भारतमा पुगेर बु‰दा यहाँ फोन गरेको शुल्क जम्मा ४० पैसा रहेछ, नेपालबाट फोन गर्दा भने साढे ३ रुपैयाँ लाग्ने रहेछ। मैले बोलिसकेको हुनाले लाग्ने शुल्कमा ३५ प्रतिशत कम गरिसकेँ, अब नेपाल तर्फबाट पनि केही कम होस् भन्ने मेरो चाहना छ।’
सीमानाकाका समस्या हल गर्न धमाधम काम भइरहेको उनले बताए। यसका लागि सीमानाकामा रहेको पूर्वाधार बनाउन पुरानो ठेकेदारसँगको सम्झौता रद्द गर्न लगाएको उनले जनाए। ‘६ महिनाभित्र सही रूपमा प्रगति देखिनेछ,’ उनले भने।

उनले भारतबाट नेपाल आउनेले २५ हजार भारूसम्म हजार र पाँच सय दरका नोट ल्याउन पाउने व्यवस्था गरेकोसमेत बताए। यसले भारतमा काम गरेर फर्किने नेपालीलाई पैसा ल्याउन सजिलो हुने विश्वास उनले व्यक्त गरे।
मोदीले गुजरातमा मुख्यमन्त्री हुँदा प्रयोगमा ल्याएको माटो परीक्षणको मोबाइल प्रयोगशाला प्रविधि नेपालाई दिएको घोषणा गरे। उनले मनुष्यको ‘हेल्थकार्ड’ नरहेको अवस्थामा माटोको ‘हेल्थकार्ड’ हुने बताए। यो प्रविधिसँगै माटोको गुणस्तर, आवश्यक पर्ने विषादी र औषधिसँगै कुन बाली राम्ररी उत्पादन हुन्छ भन्ने थाहा हुनेछ। यसले एक हेक्टर जमिनमा १५–२० हजारसम्म खर्च बच्ने मोदीले बताए।

‘भूमि जोडिएपछि जन जोडिनुपर्छ, जन जुट्न मन जोडिनुपर्छ,’ उनले भने, ‘जनसम्पर्कका लागि युवा एक्सन कार्यक्रम सुरु गरेको छु। नेपाली युवाको पहिलो टिम कलकत्ता विश्वविद्यालय पुगिसकेको छ। नेपालको अपेक्षा र सुझावअनुसार ई–लाइब्रेरीको काम अघि बढेको छ। नागरिकबाट


  •  
  •  
  •