मोदीले नेपालमा उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्ने

120
  •  
  •  
  •  

काठमाडौं ९ मंसिर (ओएनएस) : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल बसाईका क्रममा राजवनीतिक भेटवार्ता पनि गर्ने भएका छन् । नेपालका राजनीतिक दलका शीर्ष नेताहरुसँग सार्क सम्मेलनका क्रममा भेटवार्ता गर्ने तयारी भइरहेको भारतीय दुतावास स्रोतले जानकारी दिएको छ । राष्ट्रमन्त्रालयका एक अधिकारीले पनि त्यसको सूचना आएको जानकारी दिए । तर, को सँग कति बेला कहाँ भेटवार्ता गर्ने विषयमा काठमाडौं बसाईका क्रममा नै तय हुनेछ । उनले नेपालको संक्रमणकालीन राजनीतिको निकास र नेपाल भारत सम्बन्धका विषयमा छलफल हुनेछ ।

आजै उनले नेपाल आउनुअघि नेपालसँगको सम्बन्धको समीक्षा गर्ने बताएका छन् । काठमाडौं आउनुअघि प्रधानमन्त्री मोदीले एक विज्ञप्ती जारी गर्दै नेपालसँग रहीआएको बिशिष्ट सम्बन्धका कारण चार महिनाको अन्तरमा दोस्रो पटक काठमाडौं भ्रमणमा जान लागेको बताएका छन् । विज्ञप्तीमा भनेका छन् ‘छिमेकीहरुसँग निकटवर्ती सम्बन्धको विकास गर्ने भारत सरकारको प्राथमिकतामा रहेको छ ।’ उनले प्रधानमन्त्री सुशील कोइरालासँगै अरु नेपाली नेताहरुसँग हाम्रो सम्बन्धको समीक्षा गर्नका लागि रहेको बताएका छन् ।


  •  
  •  
  •  

Comments are closed.