मोदीले जनकपुरमा भाषण गर्न पाउनु पर्ने मधेसी नेताहरुको माग

216
  •  
  •  
  •  

काठमाडौ, ३० कार्तिक (ओएनएस) :  मधेसी दलका नेताहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुर भ्रमणको क्रममा जनतालाई संबोधन गर्न पाउनु पर्ने धारणा राखेका छन ।

हिन्दु यूवा जनसक्ति संघ नेपालले आईताव आयोजना गरेको कार्यक्रममा तराई मधेस लोकतान्त्रिक पार्टीका केन्द्र्र्र्र्र्र्र्र्र्रीय सदस्य एवम पूर्व मन्त्री उमाकान्त झाले नेपाल–भारतको सम्बन्ध ऐतिहासिक रहेको अवस्थामा स्थलमार्गबाट जनकपुर भ्रमणमा आउने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मधेसको विकासको अवस्था बुझ्न पाउने भएकोले भ्रमण सकारात्मक भएको बताए ।

उनले भारतीय प्रधानमन्त्रीले जनतालाई संबोधन गर्न मिल्दैन भन्ने गरेका नेताहरुकै छोरा छोरी भारतको छात्रबृत्तिमा भारतमा अध्ययन गरिरहेको दावी गर्दै मोदीको भ्रमणलाई मधेसको विकास र पर्यटन हव निर्माण गर्ने योजनाबद्ध रुपमा प्रयोग गर्नुपर्ने धारणा राखे ।

सदभावना पार्टीका महासचिव मनिष सुमनले भारतीय प्रधानमन्त्रीले जनकपुर भ्रमणको क्रममा स्थानीयहरुसँग साक्षात्कार गर्ने मौका पाउनुपर्ने तर्क गर्दै मधेस केन्द्रीत दलहरुले मोदीको भ्रमणबाट ठूलो अपेक्षा राखेको बताए ।

उनले मोदीले बोक्सी प्रथाको विरोध, विकास र शिक्षाको पक्षमा बोले त्यसले मधेसमा सकारात्मक परिवर्तन गर्ने विश्वास ब्यक्त गर्दै अमेरिका र अष्ट्रेलिया भ्रमणमा बोल्न पाउने मोदीले नेपालमा किन बोल्न नपाउने भन्दै प्रश्न गरे ।
उनले भने–‘‘हाम्रो लगाई, भाषा, धर्म, सस्कृति मिल्दो जुल्दो छ । त्यसैले पनि बोल्न पाउनु पर्छ । अंकुश लगाउनु हुँदैन ।’’

मधेसी जनअधिकार फोरम नेपालकी कोषाध्यक्ष रेणु यादवले भारतीय प्रधानमन्त्रीले बोल्न पाउनु हुँदैन भन्ने भावना संकुचित भावना भएको टिप्पणी गर्दै भनिन –अरवौको भिखारी बन्न सक्ने नेताहरुले हजारको साईकल बाँडदा विरोध गर्नु हुँदैन ।

उनले एमालेका केही संकार विहीन नेताले दिएको अभिब्यक्तिको आफ्नो पार्टीले घोर भत्र्सना गर्ने स्पष्ट पार्दै एमाले नेता दिल्लीमा गएर भाषण गर्ने हात मिलाउने, पाँच तारे होटलमा बस्ने यहाँ बोल्न किन नहुन भन्दै प्रश्न गरिन ।

यादवले काठमाडौ केन्द्रीत सोच भएका नेताहरुले जनकपुरको विकास नचाहेर यस्तो अभिब्यक्ति दिएको आरोप लगाउँदै सार्कको आयोजक भएकोले नेपाले संयमित भएर अभिब्यक्ति दिनुपर्ने बताईन । उनले भनिन–‘‘मोदीको मुख थुने पनि उहाँले मौन सन्देश दिनु हुन्छ । ’’

तराई मधेस लोकतान्त्रिक पार्टीका केन्द्र्र्र्र्र्र्र्र्रीय सदस्य राकेश मिश्रले मोदीले भाषणा गर्दा सकारात्मक सोच र विकासको भावना बढाउने दावी गर्दै हिन्दुत्व र मधेसमा प्रदेशमा बल पुग्छ भनेर विरोध गरेको आरोप लगाए ।

उनले मोदीको भ्रमणले जनकपुर धार्मिक पर्यटन हव बन्छ, विकास हुन्छ भनेर आरिस गरिएको दावी समेत गरे ।
पूर्व मन्त्री कमल चौलागाईले मोदीको भ्रमण सकारात्मक भएकोले उनले जनकपुरमा भाषण गर्न पाउनु पर्ने भन्दै यसलाई विवादको विषय बनाउन नहुने तर्क गरे ।


  •  
  •  
  •