कूटनीतिको पुरानो अध्याय सम्झाउँदै मोदी

173
  •  
  •  
  •  

 सरोज दाहाल /

कुनै बेला भारतीय राजदूत काठमाडौँबाट हवाइजहाजमा जनकपुरमा ओर्लन्थे । जानकी मन्दिरको दर्शन गर्थे । महेन्द्रनारायण निधिको निवासमा आतिथ्यता ग्रहण गर्थे । जनकपुर–जयनगर रेल चलेर्क थियो । त्यही रेल चढेर राजदूत विहार पस्थे । अनि मात्र नेपालसम्बन्धी रिपोर्ट दिल्ली दरबारमा बुझाउँथे । जनकपुर झर्नुअघि ती राजदूतको काम काठमाडौँका राणा, शाह र थापाहरूका घरपाहुना बनेर सूचना बटुल्नु, मन्त्रणा सुनाउनु हुन्थ्यो । यसबीचमा सप्तकोशीमा थुप्रै पानी मात्र बगेन, कैयौँ नेपाली र भारतीयका ज्यान पनि बगे । घरवास र खेतबारीको त कुरै भएन । राजनीतिक र कूटनीतिक तहमा पनि प्रशस्त पात्रहरू फेरिए । एजेन्डाहरू बदलिए । तीभन्दा पनि भारतीय प्राथमिकताहरू हेरफेर भए । साथसाथै फेरिए, रणनीतिक कदमहरू पनि । २०६२÷०६३ पछि आइपुग्दा मधेस, दिल्ली र काठमाडौँको त्रिकोणात्मक राजनीतिले मोही–मन्थनको रुप लियो । मदानी मधेसमा चलाइयो । नौनीजति काठमाडौँमै बाँडीचुडी गरियो । कतिसम्म भने मधेसवादी मोर्चासँगको सम्झौताको मस्यौदा लैनचौरमा भयो । फलस्वरुप दोस्रो संविधानसभाको निर्वाचनमा मधेसवादी दलहरुले मधेसबाटै गोता खाए ।

आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल–भारत कूटनीतिको त्यो पुरानो अध्यायलाई सम्झाउँदै स्थलमार्गबाट जनकपुर छिर्दै छन् । रामजानकी मन्दिरको दर्शन गर्दै छन् । संयोगवश जनकपुरमा उनलाई स्वागत गर्ने भएका छन्, तिनै महेन्द्रनारायण निधिका छोरा विमलेन्द्र निधि । तर, आज मोदी र उनका प्रतिनिधिहरू निधिका घरपाहुना बस्न होइन, बाह्रबिघामा भाषण गर्न खोज्दै छन् । राणा, शाहहरूका पाचकी बन्ने होइन, सार्वजनिक मैदानमा अभिनन्दन थाप्दै छन् । अनि गरीब मधेसीका हातमा साइकल थमाएर टेलिभिजनमा आफ्नो कृपालु चरित्रको विश्वव्यापी परिचर्चाको प्रवाह चलाउन खोज्दै छन् ।

पक्रमको सबैभन्दा न्यानो अनुभव खुमबहादुर खड्का र कमल थापाहरुले गरेका छन् । कांग्रेस, एमाले, एमाओवादी र मधेसवादीलाई मंसिर नलाग्दै दक्षिणी वायुसँगै हुदहुद र निलोफरले ल्याएको अनपेक्षित जाडोपछिको पाहारिलो घाम हो या हिन्दूवादी राजनीतिको फिलिंगो, छुट्याउन मुस्किल परिरहेको छ । 

modi in parliament of nepal
दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को शिखर सम्मेलनमा सहभागी हुन आउने भारतीय प्रधानमन्त्री मोदीले जनकपुरको बाह्रबिघा मैदानमा भाषण गर्ने इच्छा जनाएपछि नेपालस्थित (काठमाडौँलगायत विभिन्न ठाउँका) भारतीय दूतावासका अधिकारीहरू के कुरा बोल्दा मधेसी जनताको मन जितिन्छ भनेर सूचना र जानकारी बटुल्न व्यस्त छन् । जनकपुर र लुम्बिनीमा नागरिक अभिनन्दनको तामझाम सुरु भएको छ ।

विवाह पञ्चमीको अवसरसमेत परेकाले जनकपुर मन्दिरमा पूजा आराधनापछि अभिनन्दन कार्यक्रम गर्न लागिएको छ । गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा पनि जनकपुरकै जस्तो कार्यक्रम राखिएको परराष्ट्र अधिकारीको भनाइ छ । भारतीय प्रधानमन्त्री मोदी भारतको पटनाबाट भिट्टामोड हुँदै मोटरबाट महोत्तरीस्थित नेपाली सेनाको शेरगण पर्काउली ब्यारेजमा मंसिर ९ गते बिहान पुग्ने कार्यक्रम छ । उनलाई ब्यारेकबाट नेपाली सेनाकै हेलिकप्टरले जनकपुरको बाह्रबिघा प्रांगणमा पु¥याउनेछ । त्यहाँबाट मोदी सात सय मिटर गाडीयात्रा गरी जानकी मन्दिर पुग्नेछन् ।

मन्दिरमा पूजा गरिसकेर फर्कने क्रममा मोदीलाई बाह्रबिघा मैदानमै अभिनन्दन गर्ने तयारी छ । उनकै उपस्थितिमा भारत सरकारको सहयोगस्वरुप साइकल वितरण गरिने कार्यक्रम तय गरिएको छ र यसबारे प्रशस्त विवाद भए पनि अहिलेसम्म स्थगित गरिएको छैन । त्यहीँ मोदीले सम्भवतः थप सहयोग घोषणा पनि गर्नेछन्, जसलाई मोदीको यसअघिको काठमाडौँ भ्रमणताका मधेसनिरपेक्ष व्यवहार र अभिव्यक्तिको शोधभर्नाका रुपमा अथ्र्याउन थालिएको छ ।

जनकपुरमा मंसिर ८ देखि नै रामका जन्ती आउनेछन् । रामजानकी वैवाहिक कार्यक्रम पनि यही बीचमा परेको छ । मोदी पनि रामको जन्ती टोलीमा सामेल हुँदा त्यो विशुद्ध सांस्कृतिक मात्र हुन्छ कि राजनीतिक पनि हुन्छ भन्ने चर्चाले काठमाडौँको राजनीतिक वृत्त तातिसकेको छ । यो तापक्रमको सबैभन्दा न्यानो अनुभव खुमबहादुर खड्का र कमल थापाहरुले गरेका छन् । कांग्रेस, एमाले, एमाओवादी र मधेसवादीलाई मंसिर नलाग्दै दक्षिणी वायुसँगै हुदहुद र निलोफरले ल्याएको अनपेक्षित जाडोपछिको पाहारिलो घाम हो या हिन्दूवादी राजनीतिको फिलिंगो, छुट्याउन मुस्किल परिरहेको छ । यसमा किन पनि राजनीतिक गन्धको आभास बढी मिलेको छ भने मोदीकै दल भारतीय जनता पार्टीका एक नेताको नेतृत्वमा भारतको अयोध्याबाट ठूलो संख्यामा जनकपुरमा जन्ती ल्याइँदै छ । र, काठमाडौँमा गणेशमान सिंहको शालिकमुनि हिन्दूवादी मन्त्रोच्चारण गर्ने पण्डाहरुको लर्को पनि त्यतै लम्किँदै छ ।

अब पहाडमा गए पहाडीलाई फुक्र्याउने, मधेसमा गएर मधेसीलाई मख्ख पार्ने अनि नेपाल आएपिच्छे एकाध परियोजना हात पार्ने कोशिस नै मोदी–डक्ट्रिन हो । व्यापार र व्यवसायकै माध्यमबाट उनी चलाउन खोज्नेछन् । जब यो स्वार्थको स्वादनमा गिर्खा लाग्नेछन्, अनि मोदी नेपाल होइन, अन्यत्रै रोज्ने छन् ।

पशुपतिनाथ लगायत धार्मिक तीर्थहरुमा गरेका पूजाअर्चनाबाहेक धर्मनिरपेक्ष राष्ट्र भारतका प्रधानमन्त्री मोदी दिल्ली दरबारमा छिरेयता खासै विवादमा आएका छन्, कम्तीमा धर्मसापेक्षतालाई लिएर । तर, नेपालका पशुपतिनाथ र जनकपुर यात्राले उनलाई धार्मिक नेताको पुरानो छविलाई पुनःस्मरण गराएको छ । भलै उनले विशुद्ध बौद्ध तीर्थस्थल लुम्बिनी र हिन्दू–बौद्ध समन्वयको केन्द्र मुक्तिनाथ पनि भ्रमण गर्नेछन् । यति मात्र होइन, आफ्नो मुलुकको भूगोल, समाज, संस्कृति र परिवार जोडिएको क्षेत्र मधेसमा आफ्नै हातले सहयोग वितरण गर्न खोज्ने मोदी चिनियाँ सीमावर्ती क्षेत्र मुस्ता पुगेर पनि हिमालपारिका वासिन्दालाई सहयोगका आश्वासन दिन चाहन्छन् ।

जुन यसअघिका भारतीय राजनीतिकर्मीहरुले सायदै गरेका थिए । यति मात्र होइन, मोदीको आसन्न सार्क शिखर सम्मेलनको सहभागितालाई औपचारिकता मात्र ठान्ने हो भने पृष्ठभूमिका यी तमाम कार्यक्रमले उनी भारतीय विदेश नीतिको नेपालसम्बन्धी पातोमा बेग्लै रङ पोत्न खोजिरहेका छन् भन्ने प्रस्टै देखाउँछ ।
आज भारतीय चासो केमा केन्द्रित छ भन्ने प्रस्टै छ । उनले यो भ्रमणलाई विशुद्ध खर्चिलो र अनुत्पादक तीर्थाटनमा सीमित गर्दै छैनन् । केही ठूला आयोजना अघि बढाउने कागजपत्रमा हस्ताक्षर हुँदै छ । जुन काम यसअघिको भ्रमणमा पनि छुटेको थिएन । आगामी दिनमा पनि कुनै सन्दर्भमा मोदी नेपाल आए पनि, मोदीले नेपालका अधिकारीहरुलाई उता बोलाए पनि यो पाटो छुट्ने छैन । उनी हवाइ जहाज चढू्न् वा साइकलै किन नचढून्, उनको प्राथमिकता स्पष्ट छ, व्यापार ।

narendra-modi-rare-pics5
कतिपय नेताहरुले मोदी आएर राजनीतिक तहमा सम्बन्ध विस्तार भयो भनेर नाक ठाडो पार्ने गरेका छन् । तर, यसअघिको नेपाल भ्रमणमा उनले साथमा एउटा पनि मन्त्रिपरिषद सदस्य ल्याएनन् । काठमाडौँ उत्रनेबित्तिकै पहिलो भेट विनोद चौधरीसँग गरे । त्यसैले भन्न सकिन्छ, मोदी कसरी आउँछन्, किन आउँछन् भनेर आ–आफ्नै अनुकूलका अर्थ लगाउँदै काल्पनिक लड्डुसँग जसले पनि मुख मिठ्याउन सक्छ ।

तर, मोदीले यसबीचमा नेपालसँगको सम्बन्ध आफ्ना केकस्था स्वार्थहरुको मूल्यमा विकसित गर्न खोज्दै छन् भन्ने स्पष्ट संकेत दिइसकेका छन् । त्यसैले भन्न सकिन्छ, निधिदेखि राणा, शाहहरुजस्ता नेपालका शासक वर्गसँगको सम्बन्ध नै नेपाल–भारत सम्बन्ध हो भन्ने युग सकियो । माओवादीको ‘मेनस्ट्रिमि’, कांग्रेस–एमालेको ‘राइट साइजि’ र मधेस राजनीतिको ‘कल्टिभेसन’ गर्ने श्यामशरण डक्ट्रिनको पनि पटाक्षेप भयो । अब पहाडमा गए पहाडीलाई फुक्र्याउने, मधेसमा गएर मधेसीलाई मख्ख पार्ने अनि नेपाल आएपिच्छे एकाध परियोजना हात पार्ने कोशिस नै मोदी–डक्ट्रिन हो । व्यापार र व्यवसायकै माध्यमबाट उनी चलाउन खोज्नेछन् । जब यो स्वार्थको स्वादनमा गिर्खा लाग्नेछन्, अनि मोदी नेपाल होइन, अन्यत्रै रोज्ने छन् ।


  •  
  •  
  •