‘सार्क सम्मेलन कि मोदीको भ्रमण !’

127
  •  
  •  
  •  

modi-in-lalkillaकाठमाडौं, २७ कात्तिक (ओएनएस) भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपालमा गर्ने भनिएको सम्बोधनबारे संसदीय समितिमा चर्को अनालोचना भएको छ ।जनकपुर र लुम्बिनीमा हुने सम्वोधनका नाममा भारतीय सेना प्रवेश गराउन खोजेको भन्दै सभासदहरुले आपत्ति जनाएका छन् ।

उनीहरुले मोदीको सार्वजनिक सम्बोधन रद्द गर्न सरकारसँग माग गरेका छन् । व्यवस्थापिका संसदको राज्य व्यवस्था समितिमा सभासदहरुले १८औं सार्क शिखर सम्मेलनका क्रममा मोदीको नेपाल भ्रमण, उनले गर्ने सम्बोधन, साइकल वितरण कुटनीतिक मर्यादा बाहिर हुने टिप्पणी गरेका छन् । बिहिबार सार्क शिखर सम्मेलनको तयारीबारे बसेको समितिको बैठकमा केही सभासदले सार्क सम्मेलन हो की मोदी भ्रमण भन्दै प्रश्न गरेका थिए ।

राज्य व्यवस्था समितिमा भएको छलफलमा बोल्दै जनमोर्चा नेपालका सभासद चित्रहादुर केसीले सरकारले सार्क सम्मेलनलाई मोदीमय बनाउनु ठीक नभएको बताए ।
‘मोदी जनकपुर आउने भाषण गर्ने, लुम्बिनी आउने तिर्थाटन गर्ने, नेपाल मोदीमय भएको छ । अरु देशका राष्टप्रमुख पनि आउँदै छन् । एक मित्रलाई खुसी पार्न सरकार यसरी लत्रनु ठीक हुदैन, सार्क सम्मेलन सार्क सम्मेलन जस्तो हुनु पर्छ मोदीमय होइन ।’

सभासद प्रेम सुवालले मोदीको सम्वोधनका नाममा भारतीय सेना प्रवेश गर्न खोजेको टिप्पणी गरे । उनले जनकपुर र लुम्बनीमा मोदीको सम्वोधन स्थगन गर्न माग गरे ।

मोदीले नेपालमा के–के गर्दैछन् ?

मोदी गाडीबाट विवाह पञ्चमीको दिन जनकपुर आउनेछन् । रामजानकी मन्दिरमा पूजापछि मोदीले बाह्रबिघामा आफ्नो सम्बोधन गर्नेछन् । त्यस क्रममा उनले भारत सरकारबाट सहयोग आएका साइकलहरु बढ्नेछन् । मोदी गाडीबाट आउँदा बाटोमा झरेर त्यहाँका समुदायलाई समेत भेट्ने बताइएको छ । मोदी जनकपुरबाट काठमाडांै आएकै दिन काठमाडौंमा रहेको ट्रमा सेन्टरको उद्घाटनसमेत गर्नेछन् । त्यसपछि उनी राजनीतिक भेटघाटमा सक्रिय हुनेछन् । मंसिर १० मा शिखर सम्मेलनमा सहभागी हुने मोदी शिखर सम्मेलनको क्रममा धुलिखेल पनि जाने कार्यक्रम छ ।
शिखर सम्मेलनपछि उनी मुक्तिनाथ जानेछन् । हेलिकप्टरमा मुक्तिनाथ पुग्ने मोदीले त्यसक्रममा भारतीय सहयोगमा निर्माण गर्न लागिएको खानेपानी परियोजनाको शिलान्यास गर्नुका साथै सहयोग गर्ने सन्देश दिनेछन् ।

मुक्तिनाथबाट मोदी हेलिकप्टरमा लुम्बिनी जानेछन् । मायावती मन्दिर परिसर घुम्ने र बोधी वृक्ष लगाउने कार्यक्रम छ । यसरी वृक्षरोपणपछि त्यहाँका गुम्बाहरू पनि घुम्नेछन् । त्यहाँ उनी लामो समय रहने हुनाले बताइएको छ । त्यसक्रममा मोदीलेस्थानीय अधिकारी, राजनीतिकर्मी, भिक्षुहरूसामु लुम्बिनीको महत्त्वबारे धारणा व्यक्त गर्नेछन् । उनी काठमाडौं फर्केर दिल्ली प्रस्थान गर्ने वा त्यहींबाट जाने भन्ने अझै टुंगो छैन ।


  •  
  •  
  •