भारतीय  प्रधानमन्त्री मोदीको नेपाल आउने रुट परिवर्तन

164
  •  
  •  
  •  

काठमाडौं ११ कात्तिक (ओएनएस) :  भारतीय प्रधानमन्त्री  नरेन्द्र मोदी जानकी मन्दिरको दर्शनका लागि जनपुर आउने भएका छन् । सार्क शिखर सम्मेलनमा भाग लिन आउने क्रममा पहिला जनपुरआएपवछि मात्रै काठमाडौं आउने कार्यक्रम तय भएको छ । सार्कको कार्यतालिका र यसअघि गरेको प्रतिवद्धता अनुसार नेपाल आउने रुट तय भएको भारतीय दुतावासले जनाएको छ ।

विशेष विमानबाट मोदी सिधै दिल्लीबाट मंसिर ९ गते जनकपुरधाम पुग्ने कार्यक्रम रहेको छ । त्यहाँ राम जानकीको दर्शन गरेपछि उहाँ त्यहीबाट काठमाडौ आउनु छन् । काठमाडौमा मंसिर १० र ११ गते बसेर शिखर सम्मेलनमा भाग लिने लुम्बनी हुँदै विषेश विमान बाट दिल्ली फर्किने छन् । काठमाडौबाट मंसिर १२ गते भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनी जाने कार्यक्रम तय भएको छ । विदेश मन्त्रालयले मोदीको भ्रमण रुटबारे नेपाल सरकारलाई जानकारी गराइसकेको छ ।

भारतीय मोदी स्थलमार्गबाट नेपाल आउने तयारीमा पनि रहेका छन् । त्यसका लागि उनी आउने रुट, सडकको स्तर र सुरक्षा बारे अध्यन भइसकेका छ ।व्यवस्थापिका–संसद्अन्तर्गतको विकास समितिले समेत उक्त सडकखण्डको तत्काल मर्मतसम्भार गर्न भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयलाई निर्देशन दिएको छ ।


  •  
  •  
  •