‘मोदीले नेपाल भ्रमणका क्रममा कुटनीतिक मर्यादा उल्लंघन गरेका थिए’

318
  •  
  •  
  •  

काठमाडौं २० साउन (ओएनएस) : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा सन्चारमन्त्री मिनेन्द्र रिजालले प्रधानमनत्री सुशील कोइरालालाई तानेर टुनीतिक मर्यादा नबुझेको चर्चा नेपाली मिडिया र सामाजिक सन्चालहरुमा खुवै भयो । तर संसद र सार्वजनिक समारोहमा मीठो बोलेर प्रशंसा बटुलेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बन्द कोठामा कुटनीतिक मर्यादा उल्लंघन गरेर सवाल जवाफ गरेको विषय बाहिर आउन सकेन । भारतीय प्रधानमनत्री मोदीले राजधानीको सोल्टी होटलमा भएको कार्यक्रममा १९५० को सन्धिका विषयमा कुटनीतिक मर्यादा बाहिर गएर जवाफ दिएको त्यहा सहभागि नेताहरुले बताएका छन् ।

होटल सोल्टीमा आइतबार साँझ प्रधानमन्त्री सुशील कोइरालाले भारतीय प्रधानमन्त्री मोदीले रात्रिभोज दिएका थिए । भोजका क्रममा प्रधानमन्त्री कोइरालाले मोदीको प्रसंसा गर्दै १९५० को सन्धि पुनरावलोकनका विषयमा पनि कुरा उठाएका थिए । त्यसको जवाफमा मोदीले १०५० को सन्धिका विषयमा राजनीतिक नगर्न खरो जवाफ दिएका थिए । जो समकक्षीले बोलेको विषयमा त्यसरी सवाल जवाफ गर्नु कुटनीतिक मर्यादा बाहिर मानिन्छ । परराष्ट्रमन्त्रालयका पूर्व शिष्टाचार महापाल गोपालबहादुर थापा उच्चतहको भ्रमणमा सार्वजनिक रुपमा समक्षीले राखेको भनाइृमा खरो जवाफ र टिप्पणी सामान्यतया गर्न नहुने बताउँछन् ।

सोल्टीको रात्रिभोजको आफ्नो सम्बोधनमा मोदीले भनेका थिए ‘१९५० को सन्धि, १९५० को सन्धि भन्ने धेरै कुरा भयो, यसमा तपाईँहरुको स्पष्ट धारणा के हो, ल्याउनुस् तर सन्धिमा राजनीति नगरौँ।’ शिष्टाचारका हिसावले कुरा उठाउनु स्वभाविक भएपनि खरो जवाफ दिने शैलीमा भनाई राखेको भए शिष्टाचारभित्र नपर्ने थापाको तर्क छ । एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पनि भारतीय प्रधानमन्त्री मोदीले कुटनीतिक मर्यादा बाहिर गएर भनाई राखेको ठान्छन् । ‘मोदीले सोल्टी होटलको भोजमा जुन खालको भनाई राख्नुभयो त्यो कुटनीति मर्यादा बाहिर हो ’ श्रेष्ठले भने ‘१९५० को सिन्धीका विषयमा जुन खालले भनाई राख्नुभयो त्यो तरिका गलत लाग्यो । ’


  •  
  •  
  •