संसदलाई मोदीको हिन्दीमा मौखिक सम्बोधन

202
  •  
  •  
  •  

काठमाडौं,१८ साउन (ओएनएस) : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको संसदलाई हिन्दी भाषामा संवोधन गर्ने भएका छन् । ओएनएसलाई प्राप्त उच्च स्रोतका अनुसार मोदीले हिन्दी भाषामा संवोधन गर्ने छन् ।

कुनैपनि देशका राष्ट्र वा सरकार प्रमुखले अन्य देशको संसदमा संवोधन गर्दा प्राय अन्तर्राष्ट्रिय भाषा (अंग्रेजी)मा संवोधन गर्ने पम्रपरा छ । ‘मोदीको संवोधन अंग्रेजीमा गराउने कि भन्ने पनि कुरा थियो, तर भारतीय पक्षले हिन्दी भाषामै जोड ग¥र्यो’ स्रोतको दावी छ । संसदमा मोदीले मौखिक भाषण गर्नेछन । ‘लिखित भाषण भएको भए अंग्रेजीमै हन्थ्यो, मौखिक हुने भएकोले हिन्दीमा हुने भयो’ संसद सचिवालय स्रोतले भन्यो ।

नेपालका प्रधानमन्त्री बीपी कोइरालाले भारतको संसदलाई संवोधन गर्दा हिन्दीमा बोलेका थिए । नेपालका बहुसंख्यक सभासद्ले हिन्दी भाषा बुझ्ने भएका कारण हिन्दी भाषा रोजिएको संसदका एक अधिकारीले बताए । भारतको संसदमा हिन्दी र अंग्रेजी दुई भाषा बोल्ने प्रचलन छ । मोदीले दिउसो साढे ४ बजेपछि संसदलाई संवोधन गर्नेछन् । सभासदलाइ ३ : ४५ मै आशन ग्रहण गर्न भनिएको छ ।


  •  
  •  
  •