मोदीलाई पशुपतिनाथको ‘दृष्टिप्रसाद’

149
  •  
  •  
  •  

काठमाडौं १९ साउन (ओएनएस) :
काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार पशुपतिनाथ दर्शन गर्ने क्रममा महादेवको आँखाको चन्दन (दृष्टिप्रसाद) पाउने भएका छन्। करिब पौने घन्टा विशेष पूजापछि मन्दिरका मूलभट्ट गणेश भट्टले मोदीलाई विशेष उपहारका रूपमा महादेवको आँखाको चन्दन दिनेछन्।
‘भगवानको नेत्रको चन्दनको विशेष महत्व हुन्छ, जुन विशेष व्यक्तिका लागि मात्रै दिइन्छ,’ पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव गोविन्द टण्डनले आइतबार भने, ‘उहाँको पशुपतिप्रतिको आस्था अतुलनीय छ। पहिलोपटक यति ठूलो व्यक्तित्व आउनुभएको छ। हाम्रो तर्फबाट यो उपहार हुनेछ।’
जानकारका अनुसार पशुपतिनाथका चारै शिवलिंगको आँखाबाट भट्टहरूले चन्दनको आँखा बनाइदिने गर्छन्। सर्वसाधारणको दर्शनका लागि मन्दिर खोल्नुअगाडि गंगाजल, गाईको दूध, मह लगायत पञ्चामृतले शिवलिंग नुहाएपछि चाँदीको आँखा अड्काउन उक्त चन्दन प्रयोग हुन्छ।
मन्दिरको चार ढोकामध्ये शिवलिंगबाट सबैभन्दा नजिक पर्ने दक्षिण ढोकाबाट मोदीले पशुपतिनाथ दर्शन गर्नेछन्। मोदीले शनिबारै नेपाल भ्रमण क्रममा पशुपति दर्शन महŒवपूर्ण क्षण हुने सामाजिक सञ्जाल ट्विटरबाट जनाएका थिए। ‘साउनको सोमबारमा पशुपति दर्शन पाउनु सौभाग्य हुनेछ,’ उनले भनेका थिए।

पूजाका क्रममा संकल्प, रुद्राभिषेक, पञ्चामृत स्नान, शृगार, मंगल आरती हुने सदस्यसचिव टण्डनले बताए। ‘विशेष पूजापछि उहाँलाई शिवलिंगको आँखाको चन्दन मूल भट्टले प्रदान गर्नुहुनेछ,’ उनले भने, ‘पूजापछि मिठाई, फलफूल लगायत प्रसाद मोदीलाई प्रदान गरिन्छ।’ पशुपतिमा पूजा सकेपछि बासुकी मन्दिरमा पनि मोदीले विशेष पूजा गर्ने उनले जनाए।

विशेष पूजा गर्दा केही रकम भक्तले दिनुपर्ने भए पनि मोदीले कति दिने भन्ने तय भइनसकेको उनले जानकारी गराए। मोदी पशुपतिमा रहुन्जेल ब्राह्मणले वेद पाठ गर्नेछन्। उनको स्वागतका लागि एक सय युवा ब्राह्मण विद्यार्थीले पाठ गर्नेछन्। नेवारी बाजागाजाको पनि व्यवस्था हुनेछ।
‘हामीले मोदीको स्वागत गर्ने तयारी गरिसकेका छौं,’ आइतबार तयारी अवलोकनका लागि पशुपति मन्दिर पुगेका कोषका अध्यक्ष तथा संस्कृतिमन्त्री भीम आचार्यले भने, ‘यहाँको सरसफाइ लगायतका काम सकाइसकेका छौं।’
मोदीजीका लागि सबैभन्दा विशेष पूजाको व्यवस्था गरिरहेको मन्त्री आचार्य

ले जानकारी दिए। उनका अनुसार करिब ४५ मिनेट मोदीले विशेष पूजा गर्नेछन्। उनले मोदीलाई बराह मन्दिर, पशुपति, लुम्बिनीलगायत क्षेत्र दर्शाउने उपहार दिने बताए। पशुपति मन्दिरका लागि भारतले खासै नयाँ सहयोग गर्ने तयारी नभए पनि पुराना सहयोग पूरा गर्ने मन्त्रीले विश्वास व्यक्त गरे। ‘हामीले नयाँ सहयोगका लागि केही अनुरोध गरेका छैनौं, भारतले पुरानो सहयोग पूरा गर्छ भन्ने विश्वास छ,’ उनले भने।
अघिल्लो साता भारतीय विदेश मन्त्री सुषमा स्वराजले पशुपति दर्शन गरेकी थिइन्। त्यतिखेर मन्दिर संरक्षणका लागि २५ करोड रुपैयाँ दिने घोषणा भएको थियो। सोमबारै सम्पूर्ण पूजा सकेपछि करिब दुई करोड रुपैयाँ बराबर २५ सय किलोग्राम श्रीखण्ड पशुपतिलाई उपहार दिने कार्यक्रम पनि छ। भारतीय दूतावासले पशुपतिनाथ क्षेत्रमा धर्मशाला बनाउन १२ वर्षअघि जग हाले पनि विभिन्न कारण कार्यान्वयन हुन नसकेको अवस्थामा अब यो काम चालू हुने कोषको विश्वास छ। नागरिकबाट


  •  
  •  
  •