नेताहरूसँगको भेटवार्ता सम्पन्न

110
  •  
  •  
  •  

काठमाडौं, १९ साउन (ओएनएस) : दुई दिने औपचारिक भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग कांग्रेस, एमाले, एमाओवादी, मधेसवादी दल र राप्रपा नेपालका अध्यक्ष कमल थापाले होटल ह्यातमा भेटवार्ता गरेका छन् ।

छुट्टाछुट्टै भएको भेटवार्तामा आपसी हितका छलफल भएको नेताहरूले प्रतिक्रिया दिएका छन् । भेटपछि एमाले अध्यक्ष केपी ओलीले दुबै देशको हितका विषयमा छलफल भएको बताए । उनले नेपालको विकासमा भारतले सहयोग गर्न चाहेको मोदलिे बताएको जनाए । ओलीले विद्याुत व्यापार सम्झौताका विषयमा पनि कुराकानी भएको बताए । उनले आवश्यक तयारी नपुगेकाले सो सम्झौता हुन नसकेको जनाए । उनले पार्टीमा सम्झौताका बुँदाहरुबारे अध्यायन गर्न समय नपाएकाले अस्वीकार गरिएको बताए ।
अहिले विभिन्न उद्योगीसँग मोदीको भेटवार्ता भइरहेको छ ।


  •  
  •  
  •