काठमाडौं, १९ साउन (ओएनएस) ः राष्ट्रपति डा. रामवरण यादव र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीचको भेटवार्ता सम्पन्न भएको छ । राष्ट्रपति कार्यालय शीलत निवासमा भएको भेटवार्तामा राष्ट्रपति डा. यादवले मोदीले आईतवार संसदमा गरेको सम्बोधनको प्रशंषा गरेका छन् । राष्ट्रपति यादवले आइतवारको संसदमा गरेको सम्बोधनले नेपालीको मन जितेको भन्दै मोदीको प्रशंषा गरेका थिए ।
भारतीय प्रधानमन्त्री मोदी सोमवार ९ बजे पशुपतिनाथ मन्दिर पुगेका थिए । पशुपतिनाथ मन्दिरमा करिब दुई घण्टा विशेष पुजा गरेपछि मोदी राष्ट्रपति निवास पुगेका थिए । राष्ट्रपति यादवले मोदीको सम्मानमा दिवा भोजको आयोजना गरेका छन् । सोमबार भएकाले राष्ट्रपति कार्यालयले सबै पाहुनाकोलागि शुद्ध शाकाहारी भोजनको व्यवस्था गरेको छ । दिवाभोजमा सरिक भएर मोदी होटल ह्यात फर्केका छन् । सोही होटलमा विभिन्न दलका नेताहरुसँग मोदीको भेट हुनेछ ।