मोदी–मन्त्र लिएर सहमतिको लागि अन्तिम प्रयास गरिने

203
  •  
  •  
  •  

spotlight-rajendra mahatoकाठमाडौं, १२ मंसिर (ओएनएस) : सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिएको सुझावको आधारमा सत्तापक्ष दलहरुसँग सहमतिको लागि प्रयास गर्ने बताएका छन् । यसअघि बिपक्षी २२ दलीय मोर्चाले सार्क लगत्तै आन्दोलन गर्ने बताएका थिए ।

मोर्चाको नेता मध्येका एक महतोले ओएनएससँग कुरा गर्दै भने ‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जीले लगायत अन्य छिमेकी मुलुकले सहमतिमा अघि बढ्न सुझाव दिएका छन्, त्यसैले उहाँहरुले दिएको सुझावको आधारमा अघि बढ्छौ ।’ महतोले अघि भने ‘ मोर्चाले सत्तापक्षसँग सहमतिमा अघि बढ्नको लागि अन्तिम प्रयास गर्नेछ । ’उनले तत्काल आन्दोलन गर्नुभन्दा सहमतिमा अघि बढ्नको लागि २२ दल एकमत भएको बताए ।

यसअघि सार्क शिखर सम्मेलनको अवसरमा मंगलवार काठमाडौं आएक भारतीय प्रधानमन्त्रि नरेन्द्र मोदीले ट्रमा सेन्टर हस्तान्तरण गर्ने क्रममा नेपालका राजनितिक दलका नेताहरुलाई समयमै संविधान बनाउन आग्रह गरे । उनले भनेका थिए ‘नेपाल अगाडी बढ्दै छ , अव संविधान निर्माणको काम छिटो गर्नुपर्यो ।’

यसअघि संबिधानसभाको संबैधानिक राजनीतिक तथा संवाद समितिमा सत्तारुढ काँग्रेस एमालले सात प्रदेश सहितको साझा प्रस्ताव पेश गरेपछि दलहरुबीच विवाद बढ्दै गएको थियो । राज्य पुनसंरचना, शासकीय स्वरुप लगाएतका बिषयमा विवाद बढ्दा दलहरुबीच दुरी बढ्नुका साथै संबिधान लेखनको काम समेत रोकिएको थियो ।


  •  
  •  
  •