कोइराला–मोदी भेटवार्ताको तयारी

368
  •  
  •  
  •  

काठमाडौं ४ असोज (ओएनएस) : प्रधानमन्त्री सुशील कोइराला र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ताको तयारी भएको छ । भेटमा जारी भएको संविधान र भारतको चासोका विषयमा छलफल हुनेछ ।  प्रधानमन्त्री सुशील कोइरालाले एक सातापछि संयुक्त राष्ट्रसंघको महासभामा जानेक्रममा भारतीय प्रधानमन्त्री मोदीसँग भेट भए यहाँको वस्तुस्थितिबारे स्पष्ट पार्ने उनी निकटस्थ स्रोतले बतायो ।

मोदी महासभामा भाग लिन आइतबार अमेरिका प्रस्थान गरेका छन् भने प्रधानमन्त्री सुशील कोइराला ८ असोजमा जानेछन् । ‘साइडलाइन वार्ता तय भइसकेको छैन, गृहकार्य गरिरहेका छौँ,’ प्रधानमन्त्री निकटस्थ स्रोतले भन्यो, ‘भेट तय भएपछि प्रधानमन्त्रीले आफ्ना कुरा स्पष्ट गर्नुहुन्छ र भारत सकारात्मक हुनेछ भन्ने अपेक्षा छ ।’


  •  
  •  
  •