मोदीको भ्रमण रद्द भएकोमा जनकपुरमा २२ दलको प्रदर्शन

174
  •  
  •  
  •  

काठमाडौं ५ मंसिर (ओएनएस) :
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमण रद्द भएपछि २२ दलीय मोर्चाले आन्दोलन सुरु गरेको छ । आज विहानैदेखि जनकपुर बजार बन्द गराएको छ । सरकारले षड्न्त्रपूर्वक भ्रमण रद्द गराएको भन्दै आन्दोलन सुरु गरिउको छ । चोकचोकमा तैनाथ मोर्चाका कार्यकर्ताहरु विहानै विद्यालय पुगेका छात्र छात्रालाई समेत फर्काइएको छ ।
एमाओवादी नेता रामकुमार शर्माले २२ दललाई आरोप लगाएर सरकाले भ्रमण रद्द गराएकोमा आन्दोलन सुरु गरेको बताए ।

सरकारले मोदीको भ्रमण षडयन्त्रपूर्वक रद्द गराएको उनको आरोप छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमण अचानक हिजो रद्द गरिएको थियो ।


  •  
  •  
  •