मोदिले मन्दिर परिसरमा सीमित व्यक्तिलाई मात्र सम्बोधन गर्ने

115
  •  
  •  
  •  

modi-in-lalkillaजनकपुर, २९ कात्तिक(ओएनएस) : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंसिर ९ गते राजनीतिक दलका प्रतिनिधि र नागरिक समाजका अगुवालाई रामजानकी मन्दिर परिसरमा सम्बोधन गर्ने भएका छन् ।

मोदिले बाह्रबिघा मैदानमा सर्वसाधारणलाई सम्बोधन गर्ने यसअघिको कार्यक्रम परिवर्तन भएको हो । मोदिले मन्दिर परिसरमा सीमित व्यक्तिलाई मात्र सम्बोधन गर्ने बताइएको छ ।

मोदीको सम्बोधन जानकी मन्दिर परिसरमा हुने छ र  उनलाई जानकी मन्दिरमै नागरिक अभिनन्दन पनि गरिने तयारी छ ।

मोदीले पूर्व तथा वर्तमान सभासद, दलका प्रतिनिधि, नागरिक समाजका अगुवा र सञ्चारकर्मीलाई सम्बोधन गर्ने बताइएको छ ।

भ्रमणबारे जानकारी दिन शुक्रबार आयोजित कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री विमलेन्द्र निधि, धनुषा र महोत्तरीका सुरक्षा अधिकारी, दलका प्रतिनिधि र नागरिक समाजका अगुवालगायतको सहभागीता रहेको थियो ।
मन्त्री निधिका अनुसार मोदी हेलिकप्टरबाट बाह्रबिघा रंगभूमि मैदानमा उत्रिने छन् । मोदिको जानकी मन्दिरमा पूजापाठ गर्ने कार्यक्रम छ ।


  •  
  •  
  •