मोदीको जनकपुर भ्रमण बारे सरकार नै अन्यौलमा

129
  •  
  •  
  •  

काठमाडौं ५ मंसिर (ओएनएस) : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमण बारे सरकारले नै अन्यौल सृजना गरेको छ । परराष्ट्र मन्त्रालयले भ्रमण स्थगन भइसकेको जनकारी दिएको छ भने गृहमन्त्रालयले भ्रमण रद्द नभएको बताएको छ । गृह सचिव सूर्य सिलवालले भारत सरकारबाट मोदीको जनकपुर भ्रमण रद्द भएको खबर नआएको दावी गरे ।

बिहान जनकपुरमा पत्रकार सम्मेलन गर्दै सचिव सिलवालले भारतीय प्रधानमन्त्रीस्को भ्रमण कार्यक्रम यथावत रहेको र सरकाले तयारी गरिरहेको बताए । उनले त्यही सिलसिलामा आफु जनपुर आएको पनि बताए । मोदीको सम्बोधन बाह्रबिघामा गराउन तयारी सुरु गरिएको समेत गृह सचिव सिलवालले बताएको जनपुरबाट पत्रकार विकाश साहले बताए ।

मन्त्री बिमलेन्द्र निधीले मोदीको काठमाडौं बाहिर तय भएको सबै भ्रमण रद्द भएको भन्दै बिहीबार विज्ञप्ती जारी गरेका थिए । लगत्तै २२ दलीय मोर्चाले आज विहान जनकपुर बन्द गरेका छन् ।

भारतीय पक्षपनि भ्रमण स्थगनबारे अनविज्ञ

नेपालका लागि भारतीय राजदुत रञ्जित रेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर, लुम्बिनी र मुक्तिनाथ भ्रमण रद्द भएकोवारे अहिलेसम्म आफूहरुलाई कुनै जानकारी नभएको स्पष्ट पारेका छन् ।

१८ औं सार्क सम्मेलनको पूर्व सन्ध्यामा शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेकोे ‘१८ औं सार्क शिखर ः सम्भावना र चुनौती ’ विषयक साक्षात्कारमा राजदुत रेले मोदीले गर्ने भनेको जनकपुर, लुम्बिनि र मुक्तिनाथ भ्रमण रद्द भएको जानकारी नेपाल सरकारको तर्फबाट सार्वजनिक भएको घटनाले आफुलाई अचम्मित बनाएको बताए ।

क्लबका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा राजदुत रेले मोदीजी को भ्रमण रद्दवारे सार्वजनिक भएका खबरहरु समेत आफूलाई कुनै जानकारी नभएको भन्दै तत्काल विदेश मन्त्रालयसँग परामर्श गरेर आधिकारिक जानकारी पछि मात्रै भ्रमणको कार्यतालिका सार्वजनिक गर्र्नेे जानकारी दिए ।

पूर्व पराष्ट्रमन्त्री डा. भेषबहादुर थापाले नेपालका राजनीतिक दलको हचुवा व्यवहार र अपरिपक्व कुटनीतिका कारण समस्या उत्पन्न भएको आरोप लगाए । उनले नेपालका नेताहरु कुटनीतिमा अपरिपक्व भएको भन्दै भारतीय प्रधानमन्त्रीको भ्रमणको विषयमा भएको टिकाटिप्पणी अशोभनीय भएको दाबी गरे ।


  •  
  •  
  •