मोदीको यसरी उडाइयो मजाक, हेर्नुस् भिडियो

244
  •  
  •  
  •  

काठमाडौ, २१ साउन(एजेन्सी) : भारतमा अहिले प्रधानमन्त्री नरेन्द्र मोदीको एक भिडियोले निकै हंगामा मच्चाईरहेको छ । केही दिनअघिमात्र नेपाल भ्रमण सकेर भारत फर्केका भारतीय प्रधानमन्त्री मोदीको कपडाको फेशनलाई लिएर भारतीय सञ्चारमाध्यम आजतकले एउटा भिडियोमार्फत निकै मजाक उडाएको छ ।

modiअमेरिकी राष्ट्रपति बाराक ओबामाले अमेरिका आउन निम्तो गरेको र त्यसका लागि मोदीले विभिन्न कपडा छानेको विषयलाई लिएर बनाइएको एक कार्टुन भिडियोले भारतमा निकै हंगामा मच्चाएको छ । उक्त भिडियोमा मोदीले अमेरिका भ्रमणका लागि लुगा छान्ने क्रममा १३ वटा कपडा छानेको देखाइएको छ । कुनै पनि कपडा मन नपरेपछि मोदीले अन्तिममा एक कपडा आफैले काटेर लगाएका छन् ।

यस भिडियोले प्रधानमन्त्री मोदी फेशनका विषयमा कति ध्यान पुर्याउँछन् भन्ने देखिएको छ । नेपालमा एमाले पूर्वअध्यक्ष झलनाथ खनाल जस्तै कपडामा चुजी भएको मोदीको यो कार्टुन भिडियोबाट देख्न सकिन्छ । एमाले पूर्वअध्यक्ष झलनाथ खनाल पनि कपडाका विषयमा मोदी जत्तिकै चुजी छन् । नेपालका झलनाथ खनाल र भारतका मोदी एकै हुन् भन्न सकिने उक्त भिडियोले प्रष्ट पारेको छ ।

भिडियो हेर्नका लागि यहाँ क्लिक गर्नुहोस्

 


  •  
  •  
  •