पशुपतिमा पूजा सकियो, मोदी राष्ट्रपति निवासतर्फ

156
  •  
  •  
  •  

काठमाडौं, १९ साउन (ओएनएस) :  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पशुपतिनाथको दर्शनका साथ विशेष पूजा गरेका छन् । भारतबाटै ल्याइएका पूजारीबाटै मोदीले पशुपतिनाथमा विशेष पूजा गरेका हुन् । उनले पूजाका क्रममा उनले २५ सय किलोग्राम सेतो चन्द चढाएका छन् । साउनको सोमबार पारेर उनले पशुपतिनाथको दर्शन तथा पूजा गरेका छन् ।

राष्ट्रपति डा. रामवरण यादवले आयोजना गरेको दिवाभोजमा सरिक हुन भारतीय प्रधानमन्त्री शीतल निवास पुगेका छन् । मोदीका लागि शीतल निवासमा शुद्ध साकाहारी भोजनको व्यवस्था मिलाइएको छ ।
यसपछि मोदी विभिन्न राजनीतिक भेटमा व्यस्थ रहनेछन् । दई दिने औपचारिक भ्रमणका लागि आइतबार काठमाडौं आएका मोदी सोमबार करिब ४ बजे फर्किँदैछन् ।

यो पनि पढ्नुहोस ।

यसरी गर्दैछन् मोदीले पशुपतिमा पुजा


  •  
  •  
  •