काठमाडौं, १९ साउन (ओएनएस) : दुई दिने नेपालको औपचारिक भ्रमण पुरा गरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सोमवार साँझ स्वदेश फर्केका छन् । ३० घण्टे निकै व्यस्त कार्यतालिकामा मोदीले राष्ट्रपतिदेखि प्रधानमन्त्री तथा सबैजसो राजनीतिक दलका नेतासँग भेटवार्ता गर्न भ्याए ।