न्युयोर्क अदालतद्धारा मोदीलाई सफाई

212
  •  
  •  
  •  

modiकाठमाडौ, १ माघ(एजेन्सी) :  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई अमेरिकी एक अदालतबाट राहत मिलेको छ । न्युयोर्कको एक अदालतको न्यायाधिषले सन् २००२ मा मुस्लिम विरोधी दंगालाई लिएर दायर गरिएको मुद्धालाई खारेज गरिदिएपछि प्रधानमन्त्री मोदीलाई राहत मिलेको हो ।

अमेरिकी न्यायाधिष एनालिशा टोरेसले मोदीलाई अदालतको अधिकार क्षेत्रबाट राजनैतिक छुट भएकाले उक्त मुद्धा खारेज गरिएको बताएका छन् । यसभन्दा पहिले अदालतमा अमेरिकी सरकारले एक देशको शासक भएकाले उनलाई राजनैतिक छुट दिइएको हो ।

पछिल्लो वर्ष सेम्टेम्बरमा मानवअधिकार संगठन दी अमेरिकन जस्टिसले मोदीविरूद्ध नागरिक मुद्धा दर्ता गराइएको थियो ।


  •  
  •  
  •