काठमाडौं, २५ कात्तिक (एजेन्सी) : भारतीय प्रधानमन्त्रि नरेन्द्र मोदीले आइतबार बिस्तार गरेको मन्त्रिमन्डलको एक तिहाइ मन्त्रीहरु विवादित रहेको खुलेको छ ।
आइतबार बिस्तार गरिएको २१ मध्ये ७ मन्त्रीहरुमाथि हत्या गरेको, बिद्रोहलाई साथ दिएको, अपराधिक गतिबिधिमा संलग्न भएको र गैरकानुनी काम गरेको आरोप छन् ।
ती मध्ये सबैभन्दा विवादित आग्राका राम शंकर कथेराई हुन् । सहायक शिक्षा मन्त्रीमा नियुक्त भएका राम शंकरबिरुद्ध २० आरोप छन् । उनले हत्या र धार्मिक हिंसा बढाएको लगायत बिभिन्न आरोप खेपीरहेका छन् ।
सहायक रासायन तथा मल मन्त्रीमा नियुक्त भएका हंसराज गंगाराम अहिर अर्का विवादित मन्त्री हुन् । उनलाई पनि अपराधिक गतिबिधि, हत्या–हिंसा लगायतका २० आरोप छन् ।
मोदीले मन्त्रिमन्डलमा विवादित ब्यक्तिहरुलाई नियुक्त गरेपछि भारतीय अधिकारबादीहरुले तीब्र बिरोध गरेका छन् । डेमोक्र्याटिक रिफर्मका जग्दीप छोकरले भनेका छन् ‘विवादित ब्यक्तिलाई सरकारमा नियुक्त गर्नु जनताको मतको अपमान गर्न हो ।’
यस्तै राजनीतिक बिश्लेषक सतीश मीश्र भन्छन् ‘ हामी नेताहरुबाट अपराध र गैरकानुनी कुरा अन्त्य गर्ने भाषण मात्र सुन्छौ तर ब्यवहारमा कहिल्यै लागु भएको देख्न पाउदैनौ ।’ यता भारतीय अर्थ मन्त्री अरुण जेट्ली भारतीय मन्त्रिमण्डलमा अपराधिक पृष्ठभूमीका ब्यक्तिहरु नभएको बताएछन् । ‘ उनीहरुलाई आरोप मात्र लगाइएको हो, पुष्टि भएको छैन् । ’ जेट्लीले भने ।