यसरी गर्दैछन् मोदीले पशुपतिमा पुजा

354
  •  
  •  
  •  

काठमाडौ, १९ साउन(ओएनएस): भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने नेपाल भ्रमणका क्रममा  नेपाल आइपुगेका छन् । भ्रमणको दोस्रो दिन आज Narendra-Modiप्रधानमन्त्री मोदीले पशुपतिनाथको दर्शन गर्नेछन् । साउने सोमबारको बेला पारेर नेपाल आएका उनले बिहान साढे ९ बजे पशुपति पुगेर पशुपतिनाथको दर्शन गर्नेछन् । नेपाल भ्रमणको दोस्रो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पशुपतिनाथको पूजा गर्न पशुपति क्षेत्रमा पुगेका छन् । उनलाई सास्कृतिक रुपमा भध्य स्वागत र सम्मान गरिएको छ । मोदीले ४५ मिनेट पूजा गर्नेछन् ।

नेपाली सेनाको हेलिकोप्टर सुरक्षाका लागि पशुपतिको आकाशमा घुमिरहेको छ । ४० बर्षको विषेश पूजाको इतिहाँसमा मोदी विषेश पूजा गर्ने पहिलो विदेशी विशिष्ट व्यक्ति बनेका छन् । उनी पशुपतिनाथको गेटमा पुग्दा नेपाल वेद विद्याश्रमका १ सय ८ छात्रले वेद पाठ गरेका छन् । । मोदीले पशुपतिनाथमा रूद्री पाठ समेत लगाउने छन् । त्यसका लागि २१ जना ब्राम्हणले रूद्री पाठ गर्ने कार्यक्रम रहेको छ ।

उनले पशुपतिमा पञ्चामृत अभिषेकको कामलाई समेत विषेश पुजा भनिएको छ । यसका लागि उनले करिब आधा घण्टा लगाउने बताइएको छ ।

साँढे र बाँदर तह लगाउन हम्मे
मोदी पशुिित पुग्नुअघि पशुपतिमा रहेका बाँदर र छाडा छोडिएका साँढेलाई तह लगाउन प्रहरीलाई हम्मे परेको छ । सरकारले साँढेलाई बाहिर धपाउन आग्रह गरेपछि एक जना प्रहरीलाई एक साँढे नियन्त्रण गर्ने जिम्मा दिइएको छ । पशुपतिको सेलेसमान्तक बनमा रहेका रहेका बादर लखेट्ने आधा दजैन प्रहरी परिचालन भएका छन् ।

 राष्ट्रपतिसँग शिष्टाचार भेट

पशुपतिको पुजा गरिसकेपछि मोदी करिब सवा ११ बजे शीतलनिवास पुगेर राष्ट्रपति डा. रामवरण यादवसँग शिष्टाचार भेट गर्नेछन् । भेटपछि राष्ट्रपतिले उनको सम्मानमा आयोजना गर्ने शाकाहारी दिवाभोजमा सहभागी हुनेछन् ।

उनले सवा १ बजे होटेल ह्यातमा नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई भेट्नेछन् भने एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाललाई पौने २ बजे र मधेषवादी दलका नेताहरूलाई सवा २ बजे भेट गर्नेछन् । यस्तै, उनको व्यापारीहरूलाई समेत सम्बोधन गर्ने कार्यक्रम रहेको छ । यसका लागि उनले ३ बजेको समय छुट्याएका छन् । करिब आधा घण्टा व्यापारीहरूलाई सम्बोधन गरेपछि उनी पाटन र भक्तपुर दरबारको अवलोकनका लागि पौने ४ बजे निस्किनेछन् । यी सबै कार्य सम्पन्न गरी आफ्नो दुई दिने बसाई सकेर ५:३५ मा स्वदेश फर्कने छन् ।


  •  
  •  
  •