मोदी काठमाडौंमा , प्रधानमन्त्री कोइरालाले गरे स्वागत

213
  •  
  •  
  •  

काठमाडौं, १८ साउन (ओएनएस) :  नेपालको दुई दिने औपचारिक भ्रमणको क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौं आइपुगेका छन् । भारतीय प्रधानमन्त्री मोदीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री सुशील कोइरालाले स्वागत गरेका छन् । मोदीलाई स्वागत गर्न प्रधानमन्त्री कोइराला मोदी आउनु भन्दा २५ मिनेट अगाडि विमानस्थल पुगेका थिए ।
उनलाई नेपाली सेनाले १९ तोपको विशेष सलामी दिएको छ । सलामीका क्रममा पहिला भारतको राष्ट्रिय धुन र त्यसपछि नेपालको राष्ट्रिय धुन बजाइएको छ ।
मोदीको स्वागतका लागि प्रधानमन्त्री कोइरालासहित सभामुख सुवास नेम्वाङ, उपप्रधानमन्त्री वामदेव गौतम र प्रकाशमान सिंह विमानविस्थल पुगेका छन् ।

nepal_650_080314105253
मोदी नेपाली समय अनुसार १० बजेर ५० मिनेट जाँदा काठमाडौं अवतरण गरेका हुन् । तर, मोदीलाई स्वागत गर्न प्रधानमन्त्री कोइराला भने १० बजेर २५ मिनेटमा नै विमानस्थल पुगेका थिए ।
मोदी काठमाडौं अवतरण गर्ने क्रमसँगै राजधानीको सुरक्षा व्यवस्था अत्यन्त कडा पारिएको छ । विमानस्थल आसपास पैदल यात्रामा रोक लगाइएको छ भने विमानस्थल नजिकैका घरको झ्याल बन्द गर्न लगाईएको छ । राजधानीका ठाँउ ठाउँमा स्वागत गेट बनाइएको छ भने नेपाल–भारतको झण्डा राजधानीको मुख्य चोकमा फहराइएको छ । मोदी विमान स्थलबाट सोझै होटल ह्यात सिजेन्सीतर्फ लाग्दैछन् ।


  •  
  •  
  •