भारतले भन्यो– स्थानीय निर्वाचनमा आवश्यक सहयोग गर्न तयार

114
  •  
  •  
  •  

modi and nedhi meetकाठमाडौं, ५ चैत (ओएनएस) : भारतले आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा सहयोग गर्ने प्रतिवद्धता जनाएको छ ।

उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले निर्वाचनका लागि भारतले ‘लजिस्टिक सपोर्ट’ गर्न आग्रह गरेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सहयोगको प्रतिवद्धता गरेका हुन् ।

भारतीय प्रधानमन्त्रीको सरकारी निवास लोक कल्याण मार्गमा भएको भेटवार्तामा मोदीले आसन्न स्थानीय तहको निर्वाचनलाई आवश्यक पर्ने सबै सहयोग गर्न तयार रहेको पनि बताए ।

कञ्चनपुर घटनाका दोषीलाई कारवाही हुन्छ : मोदी
यसैबीच, भारतीय प्रधानमन्त्री मोदीले कञ्चनपुर घटनाका दोषीमाथि कारबाही हुने आश्वासन दिएका छन् ।

गृहमन्त्री निधिले कञ्चनपुरमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) को गोली प्रहारबाट नेपालीको ज्यान गएको घटनाबारे कुरा उठाएका थिए ।
जवाफमा मोदीले कञ्चनपुर घटनाको विषयमा सुक्ष्म अध्ययन भइरहेको र दोषीलाई काराबाही गर्न भारत सरकार तयार रहेको बताएको गृहमन्त्री निधिका प्रेस सल्लाहकार रामजी दाहालले जानकारी दिए ।

कञ्चनपुर घटनाका विषयमा आफूले विदेशमन्त्री, गृहमन्त्री र सुरक्षा सल्लाहकारसँग छलफल गरिसेकको मोदीले बताए । प्रति आतंकबाद सम्बन्धी तेस्रो अन्तर्राष्टिय सम्मेलनमा भाग लिन नयाँ दिल्ली पुगेका गृहमन्त्री निधि स्वदेश फर्केका छन् ।


  •  
  •  
  •