नयाँ दिल्ली र काठमाडौंको सम्बन्ध जटिल छ

184
  •  
  •  
  •  

प्रशान्त झा  :-      

१७ वर्षपछि भारतका प्रधानमन्त्रीले नेपालको भ्रमण गर्न लागेका छन्, जसले द्धिपक्षीय सम्बन्धमा जोश थपेको छ । भारतका नयाँ प्रधानमन्त्री नरेन्द्र मोदीले पशुपतिनाथ मन्दिरमा पुजाआजा गर्नेछन्, जसले सांस्कृतिक र धार्मिक सम्बन्ध प्रष्ट पार्छ । सन् १९९० पछि नेपालको संसदमा सम्बोधन गर्ने विदेशी सरकार प्रमुख पनि मोदी नै हुनेछन् । तर नेपालले अहिले आाफ्नाmे जलविद्युत क्षमता बढाउनुपर्ने र घरेलु आवश्यकताबारे सोच्नुपर्ने ठाउँमा भारतमा विद्युत बेच्ने कुरा गरिरहेको छ, जबकी नेपालमा व्यापक उर्जा समस्या छ । यहि विषयका कारण पनि मोदीको भ्रमण थप चर्चित बन्न पुगेको छ । अब मोदीले नेपाल भारत सम्बन्ध थप सुधार गर्नको लागि के गर्नुपर्ला ?

मोदीले सम्बन्ध सुधारको लागि एउटा आधारभुत प्रश्नको जवाफ दिनुपर्छ, त्यो हो, ‘नेपालको घरेलु राजनीतिमा भारतको भुमिका कस्तो हुन्छ ?’

नयाँ दिल्ली र काठमाडौंको सम्बन्ध जटिल छ । कारण – नेपालको आन्तरिक राजनीतिमाा पनि भारतको भूमिका । दिल्लीले नेपालमा आफू अनुकुलको सरकार बनेको हेर्न चाहन्छ । नेपालकै राजनीतिक दलहरु विभाजित भएकोले आफ्ना आन्तरिक शत्रुलाई पराजित गर्न उनीहरुले भारतको साथसमेत लिने गरेका छन् । जसले भारतको नेपालको राजनीतिमा भूमिका झन् बढाइदिएको छ ।

त्यसैले नयाँ संविधान बन्दै गरेको बेलामा भारतको भूमिका पनि पक्कै रहन्छ । युद्धदेखि शान्ति, राजतन्त्रदेखि गणतन्त्र, हिन्दु अधिराज्यदेखि संघीय राज्यसम्मका उपलब्धीहरु संस्थागत गर्ने कुरामा अवश्य पनि छिमेकीको भूमिका धेरथोर हुन्छ नै ।

अघिल्लो संविधानसभा विघटनको मुख्य कारण, पहिचानसहितको संघीयता थियो । राज्य पुर्नसंरचनाको बारेमा फरकफरक धारणा राख्ने पार्टीहरुको आकार भने पहिले र अहिले उस्तै छैन । हिन्दु राज्यको माग गर्ने दल पनि अहिले संविधानसभामै छ । यस्तो अवस्थामा दिल्लीले के गर्नुपर्ला ?

दिल्लीले यो विषयमा चासै नराख्न पनि सक्छ । र संवैधानिक सिद्धान्तअनुरुप अगाडि बढ्न पनि सक्छ । केही दिन अघि भारतीय विदेशमन्त्री नेपालमै पुगेर समावेशी संविधानको अपेक्षा राखिन् । दिल्ली पनि नेपालमा टिकाउ, समावेशी र प्रजातान्त्रिक संविधान बनोस् भनिरहन्छ । तर मोदीले आफ्नो भ्रमणको क्रममा नेपालको सांसदलाई सम्बोधन गर्दा ‘संघीय प्रजातान्त्रिक गणतान्त्रिक संविधानको पक्षमा’ धारणा राखे अवश्य त्यसले सम्बन्ध सुधारमा भूमिका खेल्नेछ । अब भारतले नेपालमा के चाहन्छ भन्ने प्रष्ट र सत्य भन्न थाल्नुपर्छ । जसले नेपालको संविधान निर्माणको साथै राजनीतिक स्थिरतामा पनि सहयोग गर्छ । भारतले अब नेता र पार्टी विशेषलाई हेर्ने होइन, समग्र राष्ट्रको सम्बन्धलाई ध्यान दिनुपर्छ ।

हिन्दुस्तान टाइम्समा प्रकाशित लेखमा आधारित


  •  
  •  
  •