भारतीय प्रधानमन्त्री मोदीले लिए लोकसभा सदस्यको सपथ

244
  •  
  •  
  •  

नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तल्लो सदन लोकसभाको सदस्यका रुपमा सोमबार सपथ लिएका छन् ।
उनी उत्तर प्रदेशको वाराणसी क्षेत्रबाट लोकसभाको सदस्यमा निर्वाचित भएका थिए ।

सोमबार नै अस्थायी सभामुख चुनिएका विरेन्द्र कुमारले प्रधानमन्त्री मोदीलाई संसद सदस्यको सपथ ग्रहण गराएका हुन् ।

भारतीय लोकसभाको १७ औं बैठक सोमबार शुरु भएको हो ।  संविधान अनुसार संसदीय दलको नेताको रुपमा मोदीले पहिलो सांसदको सपथ लिएका हुन् ।

नयाँ लोकसभाका नवनिर्वाचित सांसदहरुले पछि पालैपालो सपथ लिनेछन् । सांसदहरुले सपथ गराउने कार्यक्रम दुई दिनसम्म चल्नेछ ।

लोकसभाका सदस्यका रुपमा निर्वाचित भएका गृहमन्त्री अमित शाह, रक्षामन्त्री राजनाथ सिंह र कानुन मन्त्री रवि शंकर प्रसादले पनि सपथ लिएका छन् । लोकसभाको सभामुखको चयन भने जुन १९का दिन हुनेछ ।

राष्ट्रपति रामनाथ कोबिन्दले जुन २० तारिखका दिन संसदको दुबै सदनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
नयाँ सरकारले केन्द्रीय बजेट आगामी जुलाई ५ का दिन संसद समक्ष प्रस्तुत गरिने कार्यतालिका रहेको छ ।

एजेन्सी


  •  
  •  
  •