भारतीय प्रधानमन्त्री मोदी बिस्केकमा

207
  •  
  •  
  •  

नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी कजाकिस्तानको राजधानी बिस्केक गएका छन् ।
सांघाई सहयोग संगठन (एससीओ) को सम्मेलनमा भाग लिन उनी त्यहाँ पुगेका भारतीय विदेश मन्त्रालयले जनाएको छ ।


भारतीय प्रधानमन्त्री मोदी गत महिना मात्र दोस्रो पटक भारतको प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।
उनी एससिओ सम्मेलनमा पनि दोस्रो पटक भाग लिन लागेका थिए । गत वर्ष चीनमा सम्पन्न यस सम्मेलनमा मोदी गएका थिए ।
भारतीय जनता पार्टीको नेतृत्व गर्दै गत आमनिर्वाचनमा पुनः सफल भएका प्रधानमन्त्री मोदीका कारण विश्वव्यापी रुपमा भारतको उपस्थिति बलियो देखाउने अवसर प्राप्त हुने विदेश मन्त्रालयले जनाएको छ ।


  •  
  •  
  •