मोदी भ्रमणबारे. संसदमा बहस

176
  •  
  •  
  •  

काठमडौं १२ साउन (ओएनएस) : सभासदहरुले भारतीय प्रधानमन्त्रीमो भ्रमणलाई केन्द्रित गरेर नेपालले कार्ययोजना बनाउनुपर्ने माग गरेका छन् । उनीहरुले नेपाल भारत सम्बन्धलाई नयाँ शिराबाट अघि बढाउन सरकारको ध्यान आकर्षण गरेका छन् । व्यवस्थापिका–संसद्को सोमबारको बैठकको विशेष समय बोल्नै सभासदहरुले अब हुने भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणलाई नेपालको हितमा सदुपयोग गर्न आग्रह गरे । भारतीय विदेशमन्त्रीमो भ्रमणबाट नेपाल–भारत सम्बन्धमा नयाँ आयाम थपेको र अब प्रधानमन्त्रीको भ्रमणबाट त्यसलाई नयाँ उचाई दिनुपर्ने सभासदहरुको सुझाव छ ।

एमाले नेता तथा सभासद भरतमोहन अधिकारीले भारतका विदेश मन्त्रीको नेपाल भ्रमण र नेपाल–भारत संयुक्त आयोगको तेस्रो बैठकमा भएका निर्णय सदनलाई जानकारी गराउन माग गरे । उनले विद्युत् खरिद सम्झौता (पिटिए)का सम्बन्धमा ऊर्जा मन्त्रालयले राजनीतिक सहमति नजुटाएकामा आपत्ति जनाए । ‘भारतले नेपाललाई भारतले उच्च प्राथमिकतामा राखेको बारम्बार भनिरहेको छ’ अधिकारीको प्रश्न थियो ‘त्यस अनुसार नेपालले किन कार्ययोजना बनाउन सकेको छैन ? ’

नेपाली काँग्रेसका रामकृष्ण घिमिरेले हुलाकी राजमार्ग निर्माणमा भारत सरकारले सहायतामा निर्माण गरिने भएपनि निर्माणको स्पष्ट खाका तयार नभएको टिप्प्णी गरे । सत्र वर्षपछि हुन लागेको भारतीय प्रधानमन्त्रीको भ्रमणले मुलुकको आर्थिक–सामाजिक विकासका ढोका खोल्ने भएकाले नेपालले सबै विषयमा सहमति जुटाएर प्रस्ताव गर्नुपर्ने बताए ।

नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले भने भारतले नेपालका जिम्मेवारी व्यक्तिलाई उपयोग गरेको टिप्प्णी गरे । उनले नेपालको सार्वभौमिकतामा आँच पुग्नेगरी सन्धि सम्झौता गर्न भारत लागि रहेको आरोप लगाए । सभासद रामहरी खतिवडाले मधेसी दलले भारतीय विदेश सामुह राखेको विषय गम्भीर नेपाली भन्न् लायक नरहेको टिप्प्णी गरे ।


  •  
  •  
  •