प्रधानमन्त्री मोदीले उम्मेदवारी दर्ता गराए

208
  •  
  •  
  •  

नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।
लोकसभा निर्वाचन २०१९ अन्तर्गत मोदीले शुक्रबार वाराणसी लोकसभा सिटका लागि स्थानीय चुनाव आयोगको कार्यालयमा गई उम्मेदवारी दर्ता गराएका हुन् ।

उम्मेदवारी दर्ता गराउनुपूर्व राष्ट्रिय प्रजातान्त्रिक गठबन्धन (एनडिए) का नेताहरुसँग मोदीले भेट गरेका थिए ।
भेटमा वर्तमान सरकारका गृहमन्त्री राजनाथ सिंह, विदेशमन्त्री सुस्मा स्वराज, जनता दल युनाइटेडका अध्यक्ष नीतीश कुमार, शिवसेना प्रमुख उद्धव ठाकरे, लोकजनशक्ति पार्टी के अध्यक्ष रामविलास पासवान र वरिष्ठ अकाली नेता प्रकाश सिंह बादललगायत नेताको उपस्थिति रहेको थियो ।

भेटका क्रममा प्रधानमन्त्री मोदीले गठबन्धनको चुनावी अवस्था तथा भावी रणनीतिका बारेमा नेताहरुसँग छलफल गरेका थिए ।

भेटवार्तापछि गृहमन्त्री सिंहले एनडिए गठबन्धनले लोकसभा निर्वाचनमा दुई तिहाई मत ल्याउने दाबी गरे ।
एजेन्सी


  •  
  •  
  •