बेलायतमा पुगेर मोदीले भने ‘भारत वुद्धको भूमि हो’

180
  •  
  •  
  •  

काठमाडौं २७ कात्तिक (एजेन्सी) : भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बेलायत पुगेर विवादास्पद भनाई राखेका छन् । नेपालमाथि नाकाबन्दी गर्दै आएको परिस्थितीमा उनले ‘भारत बुद्धको भूमि हो’ भन्दै अभिव्यक्ति दिएर नेपालीलाई थप चिढ्याएका छन् ।

भारतमा भइरहेको धार्मिक असहिष्णु व्यवहारका बारेमा सोधिएको एक प्रश्नको जवाफमा मोदीले ‘भारत बुद्ध र गान्धीको भूमि हो’ भनेका हुन् । भारतीय संचारमाध्यमले पनि मोदीले भारतलाई बुद्धको भूमि भनेको समाचारलाई प्राथमिकताका साथ प्रकाशित गरेका छन् ।


बेयायतका प्रधानमन्त्री डेविड क्यामरुनसँग दुई पक्षीय भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा सोधिएको एक प्रश्नको जवाफमा उनले भने, ‘भारत बुद्ध र गान्धीको भूमि हो । भारतको कुनै पनि कुनामा घटेको घटना हाम्रो लागि गम्भीर महत्वको विषय हुन्छ ।’


  •  
  •  
  •