१२ बिगामा सम्बोधन गर्ने सर्तमा मोदी जनकपुर जान तयार

248
  •  
  •  
  •  

modiकाठमाडौं, ५ मंसिर (ओएनएस) : अन्ततः नेपाल सरकारले आफ्नो निर्णय परिवर्तन गरेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर जान तयार भएका छन् । यसअघि जनकपुरको १२ बिगामा सम्बोधन गर्ने कार्यक्रमलाई नेपाल सरकारले अस्वीकार गर्दै अाएकाे थियो ।

सुरक्षा र अन्य कारण देखाउँदै जानकी मन्दिरभित्रैै सिमित व्यक्तिलाई सम्बोधन गर्न पाउनेगरि सरकारी तयारी थियो । तर भारतीय पक्षबाट १२ बिगामा नै सम्बोधन गर्ने व्यवस्था मिलाउन आग्रह गरिदै अाएकाे थियाे । नेपाल सरकारले मन्दिरभित्रै सम्बोधनकाे तयारी गरिरहदा बिहिबार माेदीकाे जनकपुर भ्रमण रद्द गरिएकाे भनि  भौतिक पूर्वाधार तथा यातायातमन्त्री विमलेन्द्र निधीले बिज्ञप्ति निकाल्दै पुष्टि गरेका थिए ।  तर शुक्रबार भारतीय पक्षबाट आएको प्रस्तावलाई सरकारले १२ बिगामा नै सम्वोधन गर्न दिने बताएपछि भारतीय प्रधानमन्त्री मोदी जनकपुर भ्रमणमा आउने निश्चित प्रायः भएको छ ।

जनकपुर नगरपालीकातर्फबाट शुक्रबार नै मोदीको सम्बोधनको मञ्चका लागि तयारी सुरु भएको छ । नगरपालीकाले १ लाख ५० रुपैयामा मञ्च बनाउन टेण्डर आह्वान गरेको एक अधिकारीले जानकारी दिए ।

यता मोदीको भ्रमणका विषयमा सरकार मन्त्रीहरुबीच भने कुरा बाझिएको छ । बिहीबार भारतीय प्रधानमन्त्री मोदीको भ्रमण रद्द भएको सूचना जारी गरेका भौतिक पूर्वाधार तथा यातायातमन्त्री विमलेन्द्र निधीले शुक्रबार १२ बिगामा नै सम्बोधन गर्नेगरि औपचारी चिठी पठाएको बताए । ‘बिहीबार मोदीको भ्रमण रद्द गर्ने सुचनाका आधारमा सरकारको बक्तव्य आएको हो’ निधीले भने, ‘मोदीको भ्रमणको तयारीमा सरकार लागेको छ १२ बिगामा नै सम्बोधन गर्नेगरि तयारी सुरु भएको छ ।’

परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले नीधिको दुवै कुरालाई अनाधिकृत भनेका छन् । बिहीबार भ्रमण रद्द भएको विज्ञप्ती र शुक्रबार १२ बिगामा सम्बोधन गर्नेगरि चिठी पठाएको भन्ने दुबै कुरा अनाधिकृत भएको पाण्डेले बताए । मन्त्री पाण्डेले शुक्रबार पत्रकार सम्मेलन गरि भ्रमण स्थगनका विषयमा बाहिर आएको कुरा आफुलाई जानकारी नभएको बताए । निधीको विज्ञक्तिबारे आफूलाई थाहा नभएको भन्दै मन्त्री पाण्डेले मोदीको भ्रमण सम्बन्धी कार्यतालिका फेरिएको आधिकारिक जानकारी नआएकाले सबै तयारी भइरहेको बताए ।

‘भ्रमणको व्यवस्थापन हामीले गर्ने हो, अहिलेसम्म सबै कार्यक्रम यथावत छन्’ पाण्डेले भने, ‘निधीजीको विज्ञप्ती कसरी आयो मलाई थाहा छैन । परराष्ट्रमन्त्री नै आधिकारीक हो ।’ शुक्रबार नै भारतीय राजुदत रञ्जित रेसँग प्रधानमन्त्री सुशील कोइरालाले भेट गरि नीधिको विज्ञप्तीबारे असन्तुष्टि जनाएका छन् । रेले पनि शुक्रबारको एक कार्यक्रममा मोदीको भ्रमण रद्द नभएको पुष्टि गरेका थिए । उनले मोदीको भ्रमण रद्द भएको बारे भारतीय दूतावासलाई कुनै जानकारी नभएको बताएपछि सरकारले जनकपुरमा तयारी पुन सुचारु गरेका थियो ।


  •  
  •  
  •