मोदी भ्रमणको जनकपुरमा जनचाँसो

192
  •  
  •  
  •  

Janak Pur Modiजनकपुर, मंसिर ५ (ओएनएस) :  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमण स्थगितको हल्ला फैलाउनमा सरकारकै हात रहेको ठम्याई सर्वसाधारणले गर्न थालेका छन् ।

प्रधानमन्त्री सुशील कोइराला आफै उपस्थित भई जनकपुरमा मोदीको स्वागत गर्न चाहेकाले मधेशी भएकै कारण काँगे्रसी नेता एवं मन्त्री बिमलेन्द्र निधिलाई बलिको बोका बनाएको तर्क सर्वसाधारणको छ । जनकपुरमा संचारकर्मीसँग कुरा गर्दै गृह सचिव सुर्य सिलवालले बाह्बिघामा मन्च व्यवस्थापनको कामलाई नरोएिको बताएका छन् ।

 भारतीय संचारमाध्यमहरुमा समेत मोदीको जनकपुर लगायतको धार्मिक भ्रमण स्थगित भएको समाचार प्रकाशन, प्रशारण भएको छ । सार्क सम्मेलनकै लागि भारतीय प्रधानमन्त्री रामजानकी विवाहोत्सवको मौका पारेर भिठामोड–जलेश्वर हुँदै प्रकौलीस्थित शेरगणबाट हेलिकप्टर प्रयोग गरि जनकपुर पुग्ने कार्यक्रम रहेको थियो । स्रोतका अनुसार परिकौली व्यारेकको भित्र दुई तथा बाहिर एउटा हेलिप्याड बनाउने तयारी भइरहेको छ ।

यसैबीच भारतीय प्रधानमन्त्री मोदीको जनकपुर भ्रमण स्थगित भएको बिरोधमा गरिएको बन्दसहितका कार्यक्रम सफल भएको दावी गर्दै संघीय गणतान्त्रिक मोर्चाले प्रेस विज्ञप्ती मार्फत जनाएको छ ।

मोदीकै भ्रमणको लागि बिहीबार मात्रै गृह सचिव सिलवालसँगै नेपाल प्रहरीका महानिरिक्षक उपेन्द्रकान्त अर्याल , सशस्त्र प्रहरीका महानिरीक्षक कोषराज वन्त, प्रमुख अनुसन्धान निर्देशक जीतबहादुर केसी सहितको टोलीले महोत्तरीको निरिक्षण गरेका थिए ।

 


  •  
  •  
  •