मोदीको भ्रमण रद्द भएकोबारे कुनै जानकारी छैन : भारतीय राजदुत

152
  •  
  •  
  •  

RANJIT-RAEकाठमाडौं, ५ मंसिर (ओएनएस) : नेपालकालागिभारतीय राजदुत रञ्जित रेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर, लुम्बिनी र मुक्तिनाथ भ्रमण रद्द भएकोवारे अहिलेसम्म आफूहरुलाई कुनै जानकारी नभएको स्पष्ट पारेका छन् ।

१८ औं सार्क सम्मेलनको पूर्व सन्ध्यामा ‘१८ औं सार्क शिखर : सम्भावना र चुनौती ’विषयक साक्षात्कारमा राजदुत रेले मोदीले गर्ने भनेको जनकपुर, लुम्बिनि र मुक्तिनाथ भ्रमण रद्द भएको जानकारी नेपाल सरकारको तर्फबाट सार्वजनिकभएको घटनाले आफुलाई अचम्मित बनाएको बताए ।

साक्षात्कारमा राजदुत रेले मोदीजीको भ्रमण रद्दवारे सार्वजनिक भएका खबरहरु समेत आफूलाई कुनै जानकारी नभएको भन्दै तत्काल िवदेश मन्त्रालयसँग परामर्श गरेर आधिकारिक जानकारी पछि मात्रै भ्रमणको कार्यतालिका सार्वजनिक गर्र्नेे जानकारी दिए ।

पूर्व पराष्ट्रमन्त्री डा. भेषबहादुर थापाले नेपालका राजनीतिकदलको हचुवा व्यवहार र अपरिपक्व कुटनीतिका कारण समस्या उत्पन्न भएको आरोप लगाए । उनले नेपालका नेताहरु कुटनीतिमा अपरिपक्वभएको भन्दै भारतीय प्रधानमन्त्रीको भ्रमणको विषयमा भएको टिकाटिप्पणी अशोभनीय भएको दाबी गरे ।

उनले भने–‘ देशमाजति नै ठूलो विवादभएपनि कुटनीति र विदेश नीतिको मामिलामा संयमित भएर राजनीतिक नेतृत्व प्रस्तुत हुनुपर्नेमा हाम्रा नेताहरु भने विभाजित भए यसले नै समस्या ल्याएको हो ।’


  •  
  •  
  •