मोदीको जनपुरसहित उपत्यका बाहिरका सबै भ्रमण रद्द

208
  •  
  •  
  •  

modi-in-lalkillaकाठमाडौं, ४ मंसिर (ओएनएस)  : २२ दलीय मोर्चा र अन्य दलका नेताहरुले विरोध गरेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमण रद्द भएको छ ।

मोदीलाई स्वागत गर्न जनकपुरमा रहेका भौतिक पूर्वाधार तथा यातायत मन्त्री विमलेन्द्र निधिले प्रेश विज्ञप्ति निकाल्दै मोदीको जनकपुर भ्रमण रद्द भएको पुष्टि गरेका छन् । मोदीको स्वागत तयारी अन्तिम चरणमा पुगेको बेला भ्रमण रद्द हुनु दुखत विषय भएको निधिले बताएका छन् । ‘भारतीय प्रधानमन्त्रीको जनकपुर भ्रमण रद्द भएर जनकपुर र हामी यस सम्पूर्ण क्षेत्रका जनताले एउटा ठुलो अवसर गुमाएका छौ । ’ निधिले निकालिएको बिज्ञप्तिमा भनिएको छ ‘एकीकृत माओवादीको नेतृत्वमा केहि मधेशवादी दलहरुले गैर जिम्मेवारपूर्ण तरिकाले उग्र रुपले जुलुस प्रदर्शन गरेको, ज्ञापनपत्र मार्फत समानान्तर मंच बनाउन र सुरक्ष घेरा तेड्ने धम्की दिएको मात्र नभई कुटनीतिक मान्यता विपरित विरगंज भरतीय काउन्सलरमा ज्ञापनपत्र दिएको जस्ता अतिवादी ब्यवहारले विवाद सिर्जन गरेकोमा घोर भत्सना गर्दछु । ’

सार्क सुरु हुनु पूर्व मंसिर ९ मा मोदीले जनकपुर भ्रमण गर्ने कार्यक्रम तय भएको थियो । भारतको अयोध्याबाट रामको जन्तीमा मिसिएर मोदी जनकपुर आउने कार्यक्रम तय भएको थियो । विवाह पञ्चमीको दिन भएकाले हिन्दुको अनुयायी मोदी जनकपुर आउन लागेका थिए ।

जनकपुर आउदा उनले भाषण गर्ने तथा साइकल बाढ्ने भएपछि मोदीको भ्रमण विवादमा परेको थियो । मोदीले भाषण गर्ने बताएपछि २२ दलीय मोर्चाले बिरोध गर्ने कार्यक्रम तय गरेपछि भारतीय दूतावासले परराष्ट्र मन्त्रालयलाई भ्रमण रद्द गरिएको सुचना दिएको हो । यसअघि नै तय भएको धुलिखेल, मुस्ताङ र लुम्बिनी भ्रमण बारे दूतावासले केहि बोलेको छैन ।

निधिले निकालेको विज्ञप्ति

modi


  •  
  •  
  •