मोदी–१ ले पाँच प्रतिशत लाभांश वितरण गर्ने

275
  •  
  •  
  •  

पर्वत, ९ पुस (ओएनएस) : पर्वतको कुश्मा नगरपालिका–८ मा सञ्चालित तल्लो मोदीखोला–१ जलविद्युत् आयोजनाका शेयर धनीलाई पाँच प्रतिशत लाभांश वितरण गरिने भएको छ ।

युनाइटेड मोदी हाइड्रोपावर कम्पनीले चुक्ता पुँजीको पाँच प्रतिशत नगद लाभांश वितरण गर्ने तयारी गरेको हो । कूल पुँजीको रु पाँच करोड ७५ लाख वितरण गर्ने कम्पनीले जनाएको छ ।

कम्पनीले आयोजनाको हाल कायम रहेको चुक्ता पुँजीको पाँच प्रतिशत लाभांश दिने निर्णय भएको कम्पनीका कार्यकारी निर्देशक उपेन्द्र गौतमले जानकारी दिए ।


  •  
  •  
  •