आफ्नै श्रीमान मार्ने पक्राउ

323
  •  
  •  
  •  

गोरखा, १६ पुस (ओएनएस): आफ्नै श्रीमान  मारेको अभियोगमा एक जना महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा भिमसेन गाउँपालिका–८ भदुवारथोक बस्ने ६५ बर्षीया हिरादेवी श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।

हिरादेवीले शनिबार घरयासी विवादमा ६८ बर्षीय श्रीमान केरमान श्रेष्ठलाई काठको पिर्का प्रहार गरी मारेकी हुन् । श्रेष्ठले आफ्नै श्रीमानलाई शरिरको विभिन्न भागमा प्रहार गरी हत्या गरेको भनी आइतबार प्रहरी चौकी बोर्लाङमा आई घटनाको जानकारी दिएकी थिइन् ।


  •  
  •  
  •