मोडेल छोरीको नांगो तस्विर पत्रिकामा देखेपछि बाबुद्धारा आत्महत्या

71
  •  
  •  
  •  

playboy-model-lorendaकाठमाडौ/माघ : एक मोडेलले एक म्यागाजिनका लागि न्युड फोटोशुट गरेकी थिइन्, तर उनको यो कामले उनका पिता यति दुःखी भएकी उनले आत्महत्या नै गरे । ती मोडेलको न्युड तस्विर रोमानियाको एक पुरूष म्यागाजिनमा छापिएको थियो, जुन म्यागाजिन उनका पिताले देखेका थिए ।

मोडेल लोरेण्डा चीवूले आफू पिताको निकै नजिक भएको बताउँदै म्यागाजिनमा तस्विर छापिएपछि आफ्ना पिता आफूबाट टाढा भएको बताएकी छिन् । उनले आफ्नो पिताले पहिले उनीसँग कुरा गर्न छाडेका थिए । उनलाई आफ्ना पिताले यसैक्रममा आत्महत्याको बाटो समेत रोज्छन् भन्ने विचार कहिल्यै नआएको बताएका छन् ।

playboy-model-lorenda1लोरेण्डाले आफूलाई अहिले पनि मेरो फोटोशुटकै कारण पिताले आत्महत्या गरेको कुरामा विश्वास नलागेको बताइन् । डेलिमेलको रिपोर्ट अनुसार लोरेण्डाले आफ्ना पिताले तस्विर देखेपछि उनीसहित सबै परिवारका सदस्यसँग टाढिएको बताइन् । तस्विर छापिएको केही महिनापछि जब उनी आफ्नो पितालाई मनाउनका लागि गइन् तब उनले पिताको लाश फेला पारिन् ।

लोरेण्डा पिताको यस्तो कामले गर्दा अहिले पनि अवाक् रहेको बताउँछिन् । उनका पिताले कुनै सुसाइड नोट पनि छोडेका थिएनन् । उनको नजिकै रहेका मानिसले पनि अन्तिम समयसम्म पनि उनी निकै खुसी देखिएका थिए ।

playboy-model-lorenda2तर, उनको मृत्युबारे कुनै कुरा स्पष्ट नभएकाले त्यसलाई एक रहस्यको रूपमा हेरिएको छ । उनले यस्तो किन गरे भन्ने प्रश्नको जवाफ खोजि भइरहेको बताइएको छ ।  २५ वर्षीय मोडेल रोमानियाको राजधानी बुकारेष्टमा बस्दै आएकी छिन् ।

यो घटनापछि लोरेण्डाले नराम्रा सपना देख्न थालेकी छिन् साथै उनी पिताको लाशको दृश्यलाई बारम्बार सम्झने गरेको बताउँछिन् ।


  •  
  •  
  •