आत्महत्याको तीनदिनपछि भेटियो पंखामा झुण्डिएको मोडेलको लाश

125
  •  
  •  
  •  

archna-pandeyकाठमाडौ/असोज : मुम्बईमा एक २६ वर्षीय मोडेलले आत्महत्या गरेकी छिन् । पंखामा झूण्डिएर आत्महत्या गरेको तीनदिनपछि मात्र उनले आत्महत्या गरेको थाहा भएको थियो ।

मोडेल अर्चना पाण्डेको घरबाट दुर्घन्ध आएपछि उनका छिमेकीले प्रहरीसँग गुनासो गरेपछि मात्र उनको आत्महत्याको जानकारी थाहा भएको थियो । मोडेलिङमा निकै राम्रो स्थानमा रहेकी मोडेल अर्चनाले तीन दिन अघि नै पंखामा झूण्डिएर आत्महत्या गरेकी थिइन् । उनले केही दक्षिण भारतीय चलचित्रमा समेत काम गरेकी थिइन् । प्रहरीका अनुसार अर्चनाको घरको ढोका फोरिएपछि उनको सडेको लाश बेडरूममा पंखामा झूण्डिरहेको अवस्थामा भेटिएको थियो । लासको अवस्था हेर्दा उनले तीन दिनअघि आत्महत्या गरेको अनुमान प्रहरीले गरेको छ ।

प्रहरीका अनुसार अर्चनाले एउटा सुसाइड नोट समेत लेखेकी छिन् । उक्त सुसाइड नोटमा उनले आफ्नो आत्महत्याका लागि प्रेमी ओमर पठानलाई जिम्मेवार भएको उल्लेख गरेकी छिन् । सुसाईड नोटमा उनी आर्थीक संकटमा समेत परेको खुलासा गरेकी छिन् । प्रहरीका अनुसार अर्चना लोखंडवाला कम्प्लेक्सको ए ६ भवनमा भाडामा रहेको अपार्टमेन्टमा बस्दै आएकी थिइन् । उनले सन् २००९ मा मोडलिङको छाडेकी थिइन् र प्रोडक्शन हाउसमा काम गर्न सुरू गरेकी थिइन् । प्रहरीले प्रेमीको पक्राउ गर्नका लागि आफ्नो कोशिश जारी राखेको भारतीय सञ्चारमाध्मयहरूले बताएका छन् ।


  •  
  •  
  •